सिन्धुपाल्चोक भोटेचौरमा सकरात्मक सोच,समाज परिवर्तनको लागि युवा जागरण कार्यक्रम सम्पन्न

पुर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाको प्रमुख आतिथ्यमा स्थानिय सरोकारवालाको व्यापक सहभागिता रहेको बुद्धिजीवी लक्ष्मण श्रेष्ठले जानकारी दिनु भएको छ ।

तामाङपेज संवाददाता ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची -१ भोटेचौरमा मंगलबार साना किसान सहकारी संस्थाको सभा हल र श्री सरस्वती माविको हलमा सकारात्मक सोच,समाज परिवर्तनको लागि युवा जागरण मार्ग दर्शन तथा उद्यमशिलता विषयक कार्यक्रम पुर्व महान्यायाधिवक्ता डा.युवाराज संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी बुद्धिजीवी लक्ष्मण श्रेष्ठका अनुसार पुर्व महान्यायाधिवक्ता डा.संग्रौला,राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल,वरिष्ठ पत्रकार रोहित शर्मा ,अधिवक्ता एबम कानुनविद् दिलिप कोईराला लगायतले सकारात्मक सोच र समाज परिवर्तनमा युवा जागरणको औंचित्य ,आवस्यकता र महत्वबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा स्थानिय वासिन्दा ,शिक्षक ,शिक्षिका,विद्यार्थी,सहकारी संस्थाका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेका थिए ।

प्रकाशित: समय: 4:53:31  575पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार