ललितपुरको प्युटारमा स्थापित टप रेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बेम्बो कटेजको जेष्ठ २५ गते उदघाटन हुँदै

नेपाल तामाङ घेदुङका सङ्घिय सचिव रामकृष्ण ब्लोन तामाङले उदघाटन गर्ने कटेजका संचालक दीपक लामाद्वारा जानकारी ।

तामाङपेज,संवाददाता ।
ललितपुर ।
वाग्मती गाउँपालिका – ४ प्युटारमा विगत एक वर्षदेखि निर्माण कार्य थालनी भै निर्माणको अन्तिम चरणमा पुगेको स्थानिय युवा नेता,व्यवसायी दीपक लामाले रु.५० लाख लगानी गरेर निर्माण गरेको टप रेष्ट्रो एण्ड गेष्ट हाउस वीथ बेम्बो कटेजको जेष्ठ २५ गते दिनको १ बजे प्युटार चोकमा एक भब्य समारोहकाबीच समुदघाटन हुने भएको छ ।
कटेजका संचालक दीपक लामाले जनाए अनुसार नेपाल तामाङ घेदुङका सङ्घिय सचिव,नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र न.१ का क्षेत्रीय उपसभापति एबम समाजसेवी रामकृष्ण ब्लोन तामाङको प्रमुख आतिथ्यमा उदघाटन हुने कुरा जानकारी गराएका छन् ।

 

 

प्रकाशित: समय: 4:26:12  985पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार