मानिखेल बोल्देमा खानेपानी योजना सम्पन्न,८७ घरधुरीका २ सय ४१ जना स्थानीय वासिन्दा लाभान्वित

अक्सफामको आर्थिक सहयोग ईन्फो र महाङकाल गाउँपालिकाको साझेदारीमा खानेपानी योजना गरिएको हो ।

तामाङपेज संवाददाता ।
ललितपुर ।
महाङकाल गाउँपालिका -२ मानिखेलमा बोल्दे मानिखेल र छाङ्गा बोल्दे खानेपानी योजना अक्सफामको आर्थिक सहयोग र इन्फो तथा महाङकाल गाउँपालिकाको साझेदारीमा संचालन गरिएको खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
मानिखेलको मानेचौरमा रहेको गणेशमन्दिरको प्राङ्गणमा महाङकाल गाउँपालिका -२ मानिखेलका वडाअध्यक्ष सन्चमान स्याङतान तामाङले खानेपानीको धाराको उदघाटन गरेका छन् ।

उदघाटन समारोहमा महाङकाल-२ मानिखेलका वडाअध्यक्ष सन्चमान स्याङतान तामाङ,वरिष्ठ इन्जिनियर सन्तोष दहाल,श्री मानिखेल आधारभुत विद्यालयका अध्यक्ष संजय बम्जन ,श्री शिशिर कृषि सहकारी संस्थाका अध्यक्ष पुरुषोतम बजगाई,श्री मानिखेल आधारभुत विद्यालय शिक्षक रामहरि दुलाल,मानिखेल गाविस पुर्व उपाध्यक्ष गोविन्द बजगाई,दुख निवारण संघका उपाध्यक्ष चन्द्रबहादुर बम्जन तामाङ लगायतले खानेपानी योजनाको सम्पन्न र भावी कार्यका बारेमा मन्तब्य राख्नु भएको थियो ।

स्थानिय शिक्षक वीरबहादुर बम्जन तामाङले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य गोमा घिमिरेले राखेका थिए।
कार्यक्रममा महाङकाल-२ मानिखेलका वडा सदस्यहरु गोविन्द शर्मा बजगाई,प्रविण मोक्तान,सरिता परियार,स्थानिय व्यवसायी उद्धव घिमिरे,खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु,स्थानीय वासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।

अक्सफामको आर्थिक सहयोग बोल्दे-मानिखेलका ५८ घरको लागि रु.१४ लाख र छाङ्गा बोल्दे खानेपानी योजना अन्तर्गत २९ घरधुरीको लागि रु.१६ लाख ५१ हजार गरि कुल रु.३० लाख ५१ हजारको लागतमा खानेपानी योजनाको निर्माण सम्पन्न भै मानिखेल बोल्देका ८७ घरधुरीका २ सय ४१ जना जनता लाभान्वित भएका छन् ।

उदघाटन समारोह बोल्दे-मानिखेल र छाङ्गा बोल्दे खानेपानी उपभोक्ता समितिका अध्यक्षहरु उद्धवप्रसाद घिमिरे र लोकप्रसाद तिमल्सिनाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 2:17:28  611पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार