धनकुटाका युवा नेता लाक्पा तामाङको नेतृत्वमा राप्रपा लोकतान्त्रिकको स्थापना

एजेण्डा बौद्ध राष्ट्र,चुनाव चिन्ह गोरु राखेर काठमाडौंको सुकेधारामा कार्यालय स्थापना गरेको छ ।

तामाङपेज,काठमाडौ ।

तत्कालिन पन्चायती व्यवस्थादेखि हालको लोकतान्त्रिक गणतान्त्रिक सरकारको नेतृत्वसम्म आईपुग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र ,राज संस्थालाई मुख्य एजेण्डा बनाएर अघि बढी रहेको वर्तमान सन्दर्भमा त्यही राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र अन्तर संघर्ष गरेर आजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाका युवा नेता लाक्पा तामाङ लगायतले राप्रपा पार्टी त्याग गरेर, काठमाडौको सुकेधारामा विधिवत रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक )को कार्यालय स्थापना गरि विधिवत रुपमा सोमबार कार्यालयको औपचारिक संचालन र राष्ट्रिय अध्यक्षको पदभार ग्रहण गर्नु भएको छ ।

सम्भवत मुलुककै निर्वाचन आयोगमा दर्ता भएको दलहरुमध्ये कान्छो राष्ट्रिय अध्यक्ष,राजनितिक दलको नेतृत्व गर्नु भएका राप्रपा लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष लाक्पा तामाङले पार्टीको मुख्य एजेण्डा बौद्ध राष्ट्र र चुनाव चिन्ह गोरु लिएर युवाहरुको भावना ,योगदानलाई कमल थापा ,पशुपति शम्शेर राणा लगायतका नेतृत्व रहेको राप्रपाले कदर नगरेकोले नेपाल भगवान बुद्धको जन्म थलो भएकाले राप्रपा लोकतान्त्रिकले बौद्ध राष्ट्रको मुख्य एजेण्डालाई अगाडि सारेको बताएका छन् ।

राप्रपा लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष तामाङले रहरले होईन बाध्यताले राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकको स्थापना गर्नु परेको जनाउदै ,सात प्रदेशका काठमाडौ,धादिङ,काभ्रे,सिन्धुपाल्चोक,रसुवा,चितवन,गोरखा,मकवानपुर ,धनकुटा,सुनसरी,झापा,मोरङ,भोजपुर लगायत बीस वटा जिल्लाहरुमा अध्यक्ष मनोनित गरिएको र पार्टीको सुकेधारा ,काठमाडौमा मुख्य कार्यालय रहेको जनाउनु भएको छ ।

प्रकाशित: समय: 13:16:27  1485पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार