मानिखेल आधारभुत विद्यालयको भवन निर्माण अन्तिम चरणमा

प्रदेश न.३ प्रदेश सरकारबाट ४ कोठे भवन निर्माण गर्न रु.५० लाख विनियोजित भएको हो ।

तामाङपेज संवाददाता ।

ललितपुर ।
महाङकाल -२ मानिखेल ,मानेचौरमा रहेको श्री मानिखेल आधारभुत विद्यालयको ४ कोठे भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाकानुसार प्रदेश न.३ को प्रदेश सरकारबाट विनियोजित रु.५० लाख रकमबाट निर्माण थालनी भएको विद्यालयको नवनिर्मित भवनको कार्य अन्तिम चरणमा पुगेको बताएकी छिन् ।

श्री मानिखेल आधारभुत विद्यालयका अध्यक्ष सन्जय बम्जन तामाङ ,विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा नेतृत्व भएपछि विद्यालयको भवन निर्माण ,विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री जस्ता कार्यहरु गर्न सफलता मिलेको स्थानिय वासिन्दाले बताएका छन् ।

विद्यालयका शिक्षक रामहरि दुलालले विद्यालयको मुहार नै फेरेको प्रतिक्रिया दिनु भएको छ ।
प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाका स्वकिय सचिव सुमन बम्जन तामाङले नवनिर्मित भवनको स्थलगत अध्ययन मङ्गलबार गरेका थिए ।

प्रकाशित: समय: 11:55:15  698पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार