महाङकाल गाउँपालिका विद्यालय स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जेष्ठ २६ गतेदेखि हुँदै

प्रतियोगिता महाङकाल गाउँपालिका,शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा हुने गाउँपालिका अध्यक्ष रामचन्द्र दहालले बताउनु भएको छ ।

तामाङपेज संवाददाता ।
ललितपुर ।
राष्ट्रका लागि खेलकुद ,स्वास्थ्यका लागि खेलकुद,सबैका लागि खेलकुद भन्ने मुलनाराकासाथ महाङकाल गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा महाङकाल गाउँपालिका विद्यालय स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जेष्ठ २६ गतेदेखि २८ गतेसम्म गोटिखेलमा रहेको महाङकाल माविको प्राङ्गणमा हुने भएको छ ।

महाङकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालकानुसार सो प्रतियोगितामा छात्र भलिबल,छात्रा- छात्र सट-पुट,छात्रा ८ सय मिटर दौड,छात्र १५ सय मिटर दौड र छात्रा- छात्र हाइजम्प,लङ्गजम्प प्रतियोगिता भब्यरुपमा हुने जानकारी गराएका छन् ।

प्रकाशित: समय: 7:52:54  1512पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार