चितवन गैरीबारीचोकको लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था नमुना सहकारी बन्दै

स्थापना भएको ९ वर्षमा रु.१ करोड १५ लाख ८५ हजार ८४ रुपैयाँ कारोबार गरेको संस्थाद्वारा जानकारी गराइएको छ ।

श्याम तामाङ
तामाङपेज ।
चितवन जिल्ला,कालिका नगरपालिका वडा न.८ गैरीबारीचोकमा वि.सं.२०६७ सालमा स्थापित लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाले स्थापनाको ९ औं वर्षमा कुल १ करोड १५ लाख ८५ हजार ८४ रुपैयाँ कारोबार गर्न सफल भएको छ ।

स्थानिय महिला नै महिला दिदिबहिनीहरुले स्थापना गरेको यस सहकारीका अध्यक्ष छमिकुमारी राना मगरले महिला दिदिबहिनीहरुको आर्थिक अवस्था सुधार गर्न ,विभिन्न पक्षमा जागरण ,जनचेतना ,आयमुलक ,सिपमुलक ,व्यवसाय गर्न महिला दिदिबहिनीहरु मिलेर संस्थाको स्थापना गरेको तामाङपेज अनलाइनसङ्गको कुराकानीमा बताएकी छिन् ।

अध्यक्ष छमिकुमारीले संस्था नाफामुखी भन्दा पनि सेवामुखी रहेको जनाउदै महिलाहरुलाई स्वास्थ्य शिविर,आपतबिपत पर्दा,उपचार गर्न पैशा नहुदा संस्थाका सदस्यहरुलाई एक महिनासम्म बिना ब्याज बीस हजार सापटी,हाट बजार मेला प्रत्येक मङ्गलबार,खसी बोका बिक्री वितरण ,सुलभ सहकारी पसलको संचालन जस्ता कार्यहरु नियमित रुपमा गर्दै आएको भन्नु भएको छ ।

संस्थाकी कोषाध्यक्ष बुलकुमारी पुरी मगरले कुल १ हजार शेयर सदस्य पुर्याउने ,कालिका नगरपालिकाको वडा न.८ गैरीबारी ,वडा न.९ शक्तिखोरलाई कार्य क्षेत्र बनाएको बताईन ।

लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी ब्यवस्थापक जुना तामाङले ९ वर्षको अन्तरकालमा संस्थाले ठूलो फड्को मारेको ,संस्थाका दिदिबहिनीहरुलाई विभिन्न विषयमा तालिम ,नियमित मासिक बैठक ,वार्षिक साधारण सभा,गोष्ठी,छलफल ,भ्रमण ,भेला ,अन्तरक्रिया कार्यक्रमहरु गर्दै आएको ,संस्थाको लागि नेपाल सरकारका निकायहरुसङ्ग समन्वय गर्दै आएको र ब्यवस्थापन तथा संस्था मजबुत गर्न ,गराउन हेफर ईन्टरनेशनल संस्थाले आयआर्जन र व्यवस्थापनको पक्षमा सहयोग गरेको जनाएकी छिन् ।

संस्थाको हिसाबकिताबलाई चुस्ता दुरुस्त बनाउन वार्षिक रुपमा लेखापरिक्षकले लेखापरिक्षण ,दैनिक ,मासिक ,अर्ध वार्षिक र वार्षिक रुपमा आर्थिक प्रतिबेदन संस्थाका सदस्यहरुलाई अभिलेख मार्फत सार्वजनिक गर्दै आएको समेत संस्थाका व्यवस्थापक तामाङले बताउनु भएको छ ।

वि.सं.२०६७ सालमा स्थापित लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाको एक वर्ष अघि सम्पन्न अधिबेशनले निर्वाचित संचालक समितिमा अध्यक्ष छमिकुमारी राना मगर,उपाध्यक्ष जगकुमारी मगर,सचिव सविता थापा चेपाङ,कोषाध्यक्ष बुलकुमारी पुरी मगर,सदस्यहरु तिलकुमारी क्षेत्री,मनमाया गुरुङ,दिलकुमारी अधिकारी,भगवती माया मगर रहेका छन् ।

संस्थाको लेखा समिति संयोजक विष्णुमाया रायमाझी,सदस्यहरु मिना भण्डारी,कृष्णकुमारी गुरुङ,ॠण उपसमितिमा संयोजक दिलु राना मगर,सदस्यहरु सरिता सार्की,कृष्णमती खत्री रहनु भएको छ ।

स्थापनाको ९ औं वर्षमा रहेको यस संस्थाले कालिका नगरपालिका -८ गैरीबारीचोकमा कार्यालय स्थापना गरि दुई जना कर्मचारी र संचालक समितिको सहकार्यमा दैनिक कार्यालय संचालन गर्दै,गैरीबारी चोक ,शक्तिखोर क्षेत्रका महिला दिदिबहिनीहरुलाई सेवा दिदै आएको लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड निश्चित रुपमा नै कालिका नगरपालिका भित्र महिलाहरुले संचालन सहकारीमा नमुना सहकारी बन्न सफल भएको स्थानीय वासिन्दाले बताएका छन् । संस्थालाई वर्तमान अवस्थामा आधुनिक शैलिले कम्प्युटर सिष्टममा छुट्टै आफ्नै सफ्टवेयर प्रयोग गरेर कारोबार गर्यो भने अझ मजबुत बन्ने छ ,यस तर्फ संस्थाले सोच पुर्याउनु पर्ने देखिन्छ ।

प्रकाशित: समय: 3:22:10  778पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार