नुवाकोट विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नारायणबहादुर खनाल निर्वाचित

सोमबार विदुरमा सम्पन्न निर्वाचनमा खनालले १ सय २६ मत अन्तरले विजयी भएको हो ।

तामाङपेज संवाददाता ।
नुवाकोट ।
विदुरमा सोमबार सम्पन्न विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालय कार्य समितिको पदाधिकारीहरुको निर्वाचनमा नारायणबहादुर खनालले ७ सय ६३ मत ल्याएर विजयी भएका छन् । निकटतम अध्यक्ष पदका प्रतिद्वन्द्वी राजेन्द्र अर्यालले ६ सय ३७ मत प्राप्त गरेका थिए।

यस्तैगरी समितिको उपाध्यक्ष सन्जिवबहादुर श्रेष्ठ,सचिव रघुनाथ रिमाल,कोषाध्यक्ष बच्चुमाया सुनारी मगर,महिला सदस्यमा जगतकुमारी गिरि,रविता भट्ट,सदस्यहरुमा लवप्रसाद न्यौपाने,राजेन्द्र पाण्डे,मुनिराज गजुरेल अत्याधिक मत ल्याएर विजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनमा कुल मतदाता सङख्या-१९७६,कुल खसेको मत-१५६०, सदर मत-१५२५ र बदर मत -३५ रहेको थियो।

निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिले निर्वाचितको घोषणा सहित बधाई ज्ञापन गरेको छ ।

प्रकाशित: समय: 2:27:38  580पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार