गोदावरीमा पहरी जातिको नगर सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

दुई दिनसम्म चलेको नगर सम्मेलन तथा प्रशिक्षणमा पहरी जातिको व्यापक सहभागी रहेको थियो ।

तामाङपेज संवाददाता ।
ललितपुर ।
गोदावरी नगरपालिकास्थित टौखेलमा गोदवारी नगरपालिका -४ बडिखेल वडा कार्यालय र नेपाल पहरी विकास संघ ललितपुरको आयोजनामा विकास र समृद्धिका लागि सहकार्यता ,सम्पूर्ण पहरी जातिको एकता भन्ने मूलनाराकासाथ शनिबार र आईतबार गोदावरी पाटी प्यालेसमा आयोजित प्रथम ऎतिहासिक पहरी जाति नगर सम्मेलन तथा दुई दिने राजनीतिक र सामाजिक प्रशिक्षण कार्यक्रम विभिन्न सभा,समारोह गरेर भब्यताकासाथ सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका-४ बडिखेलका वडाअध्यक्ष एबम कार्यक्रम संयोजक मुकुन्द पहरीले संयुक्त राष्ट्र संघ,आदिवासी जनजाति परिषदका पूर्व उपाध्यक्ष एबम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङ ,प्रतिनिधि सभाका साम्सद नवराज सिलवाल,प्रदेश सभाका साम्सदहरु लालकुमारी पुन शुशिला,चेतनाथ संजेल,राजकाजी महर्जन ,राजनितिक दलका नेतृत्वहरु ,स्थानिय जनप्रतिनिधिहरु,विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु,गोदावरी नगरपालिका वडा न.३,४,५,६,९,१०,१३ वडाका पहरी जातिका प्रतिनिधिहरु,पत्रकार,समाजसेवीहरुको व्यापक सहभागी रहेको बताएका छन् ।

दुई दिन सम्म चलेको नगर सम्मेलन तथा राजनितिक एबम सामाजिक प्रशिक्षणले विभिन्न पहरी जातिका सवालमा राजनितिक,सामाजिक अधिकारका विषयमा बृहत् छलफल गरी नीति,योजना समेत पारेको गरेको जनाएको छ ।

प्रकाशित: समय: 1:42:43  972पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार