ललितपुर चौघरेकी ब्लड क्यान्सर पीडित शोभा थिङलाई आर्थिक सहयोग प्रदान

कोन्ज्योसोम गाउँपालिका भित्रका ९ वटा विद्यालयबाट आर्थिक संकलन भएको शिक्षक महासङ्घका सचिव मानसिंह ग्लान तामाङद्वारा जानकारी ।

तामाङपेज संवाददाता ।
ललितपुर । कोन्ज्योसोम -१ चौघरेकी ब्लड क्यान्सर पीडित शोभा थिङ तामाङलाई कोन्ज्योसोम गाउँपालिका भित्रका ९ वटा विद्यालयबाट संकलन गरिएको रु.५४ हजार ७ सय ५० रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

कोन्ज्योसोम गाउँपालिका शिक्षक महासङ्घका सचिव एबम कोन्ज्योसोम-१ चौघरेका शिक्षक मानसिंह ग्लान तामाङकानुसार कोन्ज्योसोम-१ चौघरेको श्री बाघभैरव मावि,श्री सेति देवी,श्री वनस्पति आधारभुत विद्यालय,कोन्ज्योसोम-२ संखुको श्री मगरगाउँ मावि,श्री सरस्वती मावि ,कोन्ज्योसोम-३ दलचोकीको श्री गोठभन्ज्याङ मावि,श्री ज्ञानज्योती,श्री मनकामना आधारभुत विद्यालय र कोन्ज्योसोम-४ नल्लुमा रहेको श्री गुप्तेश्वर माविबाट संकलन गरिएको आर्थिक सहयोग रकम शिक्षक महासङ्घ कोन्ज्योसोम गाउँपालिका अध्यक्ष पुरुषोतम बजगाईको रोहवरमा ब्लड क्यान्सर पीडित तथा कोन्ज्योसोम-१ चौघरेमा रहेको श्री वनस्पति आधारभुत विद्यालयकी शिक्षिका शोभा थिङ तामाङलाई प्रदान गरेको बताएका छन् ।

ब्लड क्यान्सर पीडित शोभाको उपचारमा आर्थिक अभाव भएपछी सहयोगी दाताहरुले आर्थिक सहयोग गर्दै आई रहेको छ।

 

प्रकाशित: समय: 17:38:32  1052पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार