तामाङपेज संवाददाता ।
रसुवा जिल्ला राम्चेमा घर भै हाल वैदेशिक रोजगारको सिलसिलामा साइप्रसमा रहेकी म्हेन्दा तामाङको नेतृत्वमा भगवान बुद्धको मुर्तीको लागि आर्थिक संकलन गरेर भगवान बुद्धको मुर्ती,धार्मिक पुजापाठको सामान खरिद गरेको छ ।
हाल साइप्रसमा रहेकी म्हेन्दा तामाङ,शर्मिला तामाङ,माया थिङ तामाङबाट रु.५० हजार र जीना तामाङ रु.६ हजार सीता तामाङ रु.५ हजार गरि कुल ६१ हजार संकलन गरेर भगवान बुद्धको मुर्ती ,पुजापाठका लागि आवस्यक सामग्री खरिद गरेको जनाएकी छिन् ।
रसुवा राम्चेमा गुम्बा निर्माण गरि सो गुम्बामा भगवान बुद्धको मुर्ती राख्न र बौद्ध धर्मको प्रचार प्रसारमा टेवा मिलोस भन्ने हेतुले आर्थिक संकलन गरि भगवान बुद्धको मुर्ती र पुजाको लागि आवस्यक सामग्री खरिद गरेको साइप्रसबाट म्हेन्दा तामाङले तामाङपेज अनलाइनलाई बताउनु भएको छ ।