तामाङपेज संवाददाता ।
काठमाडौ ।
तामाङ समाजमा पनि बोम्बो,लम्बु,लापताबाहरुको आ- आफ्नै स्थानमा महत्व छ ।
नेपाल सरकारको प्रचलित कानुन अनुसार काठमाडौ जिल्ला प्रशासन कार्यालय बबरमहलमा दर्ता न.५७७ मा बोम्बो महाराज बम्जन तामाङको अध्यक्षतामा सोमबार राष्ट्रिय स्तरमा नेपाल तामाङ बोम्बो संरक्षण समाज आधिकारिक रुपमा दर्ता भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष बम्जनको अध्यक्षतामा उपाध्यक्ष अस्मिता तामाङ,सचिव विष्णुबहादुर तामाङ,सहसचिव अर्जुन तामाङ,कोषाध्यक्ष गङगा तामाङ,सदस्यहरु राजु ब्लोन,विवेक बम्जन,यमराज तामाङ ,स्नेह बम्जन तामाङ रहेको संस्थापक समिति कायम रहेका छन् ।
समाजले तामाङ समाजभित्र रहेका बोम्बोहरुलाई समेटने जनाएको छ ।