सरकार काम भन्दा कुरा बढी गर्छ -कांग्रेस नेता डा. महत


बाबुराम पौडेल टोकियो, जापान।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले वर्तमान सरकार कामभन्दा कुरा गर्न मै व्यस्त भएको बताउनुभएको छ। नेपाली काङ्ग्रेस जनसंम्पर्क समिती जापान कान्तो क्षेत्रीय समितीले जापानको टोकियोमा आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रमलाई संम्बोधन गर्दै उहाँले सरकारले काम भन्दा पनि जनतालाई आश्वासन बाढ्दै हिडेको बताउनुभएको हो।

उहाँले वर्तमान सरकार दुई तिहाई र स्थिर हुँदा पनि काम गर्न नसकेको टिप्पणी गर्दै सरकार काम भन्दा गफ बढी गरेर जनतालाई आश्वासन मात्र दिएर भ्रम छरेको आरोप समेत लगाउनुभयो ।

नेता महतले वर्तमान सरकारसंग थुप्रै अवसर भएको र जनताले ठूलो अपेक्षा गरेकाले सरकारले जनताको भावना अनुसार काम गर्नु पर्नेमा दुई तिहाईको अहमता देखाएर जनतालाई निरास बनाएको उल्लेख गर्नुभयो ।

सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा राखेर मात्र देश समृद्ध नहुने भएकोले नेपाली जनताले महसुस गर्ने गरी समृद्धी ल्याउन सुझाव दिनुभयो। जापान भ्रमणमा रहनुभएका नेता महतले नेपालमा सुरक्षाको नीति नहुँदा बैदेशिक लगानी भित्रन नसकेको संकेत गर्दै लगानी कर्तामा उत्साह नभएको उल्लेख गर्नुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले सरकार नीति मुखी नभई व्यक्तिमुखी भएर काम गरेकाले देशमा आर्थिक बृद्धिदर बढ्न नसकेको बताउनुभयो। उहाँले देशमा भष्टचार मौलाएको संकेत गर्दै सरकार भष्टचार नियन्त्रणमा उदासिनता देखिएको बताउनुभयो ।
नेपाली जनसंम्पर्क समिती कान्तोका अध्यक्ष एकेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता,सामाजिक अगुवा पत्रकार र विद्यार्थीहरु उपस्थित भएका थिए।

प्रकाशित: समय: 16:14:42  462पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार