लमजुङ हिलेटक्सारमा आजदेखि फुटबल र भलिबल छनोट प्रतियोगिता शुरु

वडाको छनोट प्रतियोगितामा फुटबल -८ र भलिबलको -६ टीमको सहभागिता भएको छ ।

तामाङपेज संवाददाता ।
काठमाडौ।
लमजुङ जिल्ला ,दोर्दी गाउँपालिका वडा न.९ हिलेटक्सारमा युवा तथा खेलकुद विकास समिति वडा समितिको आयोजनामा सोमबारदेखि वडा स्तरिय फुटबल तथा भलिबल छनोट प्रतियोगिता शुरु भएको छ ।

युवा तथा खेलकुद विकास समिति दोर्दी-९ हिलेटक्सारमा अध्यक्ष विशाल गजमेरको सभाअध्यक्षतामा आयोजित प्रतियोगिताको दोर्दी-९ हिलेटक्सारका वडाअध्यक्ष खेमबहादुर गुरुङको प्रमुख आतिथ्यमा उदघाटन भएको थियो ।

उदघाटन समारोहमा प्रमुख अतिथी एबम वडाअध्यक्ष खेमबहादुर गुरुङ ,दोर्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति अध्यक्ष कमलप्रसाद गुरुङ ,दोर्दी गाउँपालिका कार्यपालिका सदस्य जुना चेपाङ,दोर्दी-९ हिलेटक्सारका वडा सदस्य कोषबहादुर गुरुङ,फुटबल खेलकुद संयोजक आशिष डुम्जन तामाङ,भलिबल खेलकुद संयोजक कृष्णप्रसाद गुरुङ ,शिक्षिका खम्बिमाया गुरुङ ,टोल संयोजकहरु श्रीप्रसाद गुरुङ,सन्तबहादुर तामाङ लगायतले प्रतियोगिता छनोटको औचित्य र खेलकुदको विकासबारे चर्चा,परिचर्चा गरेका थिए ।

स्वागत मन्तब्य युवा तथा खेलकुद विकास समिति दोर्दी-९ हिलेटक्सारका सल्लाहकार कोषबहादुर विकले र प्रतियोगिताको कार्यक्रम संचालन सोमलाल तामाङले गर्नु भएको थियो ।
सोमबारदेखि शुरु भएको वडास्तरिय फुटबल तथा भलिबल छनोट प्रतियोगिता बुधबारसम्म जारी रहने छ ।
सो प्रतियोगिताको छनोटमा फुटबल -८ र भलिबल -६ टीमको सहभागिता रहेका छन् ।

प्रकाशित: समय: 16:17:27  1034पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार