नुवाकोटमा विदुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराँते छनाैट प्रतियोगिता सम्पन्न


करण तामाङ, नुवाकोट।
नुवाकोटमा विदुर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराँते प्रतियोगिता बट्टार कभर्डहलमा साेमबार सम्पन्न भएको छ। प्रतियोगितामा त्रिभुवन त्रिशूली मावि पाँच स्वर्ण र एक रजत सहित प्रथम हुन सफल भएको छ।

यसैगरी पृथ्वी माविले दुई स्वर्ण,एक रजत, छ काँस्य सहित द्धितिय स्थान तथा एक स्वर्ण, एक रजत र दुई काँस्य पदक सहित काल्याणकारी माविले तृतीय स्थान हात पार्न सफल भएको छ । यसैगरी अन्य सहभागी हुने विद्यालयहरुमा च्वाडी माविले दुई रजत दुई काँस्या पदक तथा कर्मासङ माविले एक रजत एक काँस्यपदक यसैगरी शुलक्षणा माविले तीन काँस्यपदक, भैरुम माविले एक रजत पदक र नेशनल बेथेलले एक रजत एक काँस्य हात पार्न सफल भएको छ ।

प्रतियोगितामा प्रथम र द्धितिय भएको खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने कुरा पनि नुवाकोट जिल्ला कराँते प्रमुख प्रशिक्षक उत्तम राईले जानकारी दिनुभएको छ।

प्रकाशित: समय: 15:53:06  686पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार