श्याम तामाङ
तामाङपेज ।
ललितपुरको भैसेपाटीमा बसोबास गर्दै आएका गितारका प्रशिक्षक एबम लेखक सिताराम गौतमले सम्पन्न शहर बजारमा मात्र नभै ग्रामिण भेगको वस्ति वस्तिमा गितार बजाउने सिपको विकासको औपचारिक रुपमा थालनी गरेका छन् ।
गितारको ताल ,लयलाई सिक्दै ,सिकाउदै १७ वर्ष गितारमा नै जीवन यापन गर्नु भएका प्रशिक्षक एबम लेखक गौतमले ट्रनिटी कलेज लण्डनबाट ग्रेड -६ प्राप्त गर्नु भएर गितारमा औंपचारिक शिक्षातर्फ उतिर्ण गर्नु भएको थियो ।
ललितपुरको दक्षिणपुर्वी क्षेत्रमा पर्ने वाग्मती गाउँपालिका-७ गिम्दीमा रहेको श्री नारायणी मावि र श्री जनक माविका दुई सय जना विद्यार्थीहरुलाई गिम्दीमा प्रशिक्षक एबम लेखक सिताराम गौतमले बैशाख ३० गतेदेखि जेष्ठ ६ गतेसम्म गितार सम्बन्धि प्रशिक्षण दिलाएका थिए ।
प्रशिक्षण दिएपछि विद्यार्थीहरुमा गितार सम्बन्धि अनुभवको विकास,अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको झुकावमा वृद्धि भएको जनक माविका प्र.अ.गोकर्ण फुयालले बताए ।
सोही विद्यालयकी कक्षा १० मा अध्ययनरत छात्रा विष्णुमाया स्याङतान तामाङले गितार सम्बन्धि प्रशिक्षणले गितारको सुर,ताल र गीत गाउँदाको शैली र ताल बारे प्रत्यक्ष गाउँमा नै विद्यालयमा नै सिक्न पाउँदा खुशी लागेको जनाएकी छिन् ।
प्रशिक्षक एबम लेखक सिताराम गौतमले गितारको प्रशिक्षण आफुले शहरमा भन्दा पनि विकट गाउँ वस्तिमा रहेका मावि ,कलेजमा अध्ययनरत छात्रा – छात्रहरुलाई दिने योजना रहेको जानकारी दिनु भएको छ ।
अहिलेसम्म प्रशिक्षक एबम लेखक गौतमले १ हजार ४ सय भन्दा बढीलाई गितार सम्बन्धि प्रशिक्षण दिनु भएको छ भने गितार सम्बन्धि ट्रीनिटी नेपाली पप आधुनिक तथा हिन्दी गीत सङग्रह गितार वर्डस सहितका पुस्तकहरु पनि प्रकाशनमा ल्याई सकेका छन् ।