चितवन गैरीबारीचोकका मृगौला पीडित भुवन बास्तोलालाई आर्थिक सहयोग प्रदान

कालिका नगरपालिका -८ का दीपक जोशिबाट संकलित रकम प्रदान गरेको स्थानिय सामाजिक अभियन्ता जुनु तामाङद्वारा जानकारी

तामाङपेज संवाददाता ।
चितवन जिल्ला,कालिका नगरपालिका गैरीबारी चोकका दुबै मृगौला पीडित भुवन बास्तोलालाई उपचारको लागि सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

कालिका नगरपालिका-८ का दीपक जोशिबाट संकलन गरेको रु.५ हजार १ सय ६० रुपैयाँ सहयोग रकम मृगौला पीडित भुवन बास्तोलाका भाइ सुशील बास्तोलालाई प्रदान गरेको सामाजिक अभियन्ता जुनु तामाङले बताएकी छिन् ।

आर्थिक अभावकाकारण उपचारमा कठिनाई भएपछी चितवन जिल्ला ,कालिका नगरपालिकास्थित शक्तिखोर ,गैरीबारी चोक , मकाउमा रहेका सहयोगी दाताहरुले मृगौला पीडित भुवनको उपचारको लागि सहयोग गर्दै आई रहेको छ ।

प्रकाशित: समय: 10:02:54  813पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार