बौद्ध धर्ममा सागा धावाको महत्व :

ल्हामो साङ्गे खाण्डो ।

बौद्धधर्मनुसार वर्ष भरिमा धेरै प्रकारको धार्मिक पर्वहरु(दुइछेन) हुने गर्दछ । त्यस्मध्ये सागाधावा एउटा ठूलो र धेरै महत्वपुर्ण धार्मिक एक पर्व हो । यो चन्द्र पात्रोनुसार ( धावाशिपा) चौथो महिनामा पर्दछ ।

त्यसैले यो पल्ट जेष्ठ २१ गते अर्थात ४ जुन २०१९ देखि शुरु हुदैछ । सागाधावा,सागा भनेको आकासको ताराहरुमध्ये एउटा प्रमुख ताराको नाम हो । यो तारा प्रमुख ताराको रुपमा भोलिदेखि झुल्किने हुनाले सागा र धावा भनेको महिनाको नाम हो । त्यसैले यो महिनालाई सागा धावा भनिन्छ ।

सागाधावाको बौद्ध धर्ममा ठूलो र धार्मिक महत्वपुर्ण धार्मिक पर्व मानिन्छ किनभने यो महिनाको पन्ध्रौ तिथि पुर्णिमाको दिन तथागत गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र सोही पुर्णिमाको दिन शिद्धार्थ गौतमले बोधगयामा सम्याकसम्बोधी एबम बुद्धत्व प्राप्त गर्नु भएको र पुर्णिमाको दिन गौतम बुद्धको कुशिनगरमा महापरी निर्वाण भएको मानिन्छ ।

त्यसैले पनि यो महिना वा सागाधावा धेरै महत्वपुर्ण भनिएको हो । जुन बेला बुद्ध जन्मिनु भयो,त्यही बेला बैशाख पुर्णिमा र सागाधावा एक्कै महिना परेको थियो भने बुद्धिष्ट क्यालेण्डरको तिथि,मिति,कहिले बढी ,कहिले घटी हुने भएकोले बैशाख पुर्णिमा र सागाधावा ,एक महिनाको अघिपछी पर्न पुग्दछ ,यो प्रत्येक तीन वर्षमा सङ्गै पर्न पनि आउँछ ।

यो महिनामा सबै गुम्बाहरुमा ठुला- ठुला पुजापाठ,साधना,अभिषेक( वाङ) मौनब्रत ( ङ्युङने) जस्ता धार्मिक कार्यक्रमहरु हुने गर्दछन् ,यो विशेष गरि स्वदेश तथा विदेशमा रहेका बौद्ध गुम्बाहरुले आयोजना गर्ने गर्छन् । यो महिनामा हामिले जति धर्म ,पुण्य र पाप कर्म गर्छौ भने त्यस्को सय गुना धर्म र पापको फल प्राप्त हुने बौद्ध धर्मका धर्मशास्त्रमा उल्लेख गरेको छ ।

त्यसैले यो एक महिना सकेसम्म राम्रो कर्मगरि पुण्य कमाउ र पाप कर्म नगरौ । प्रत्येक मानवले रक्सी ,जाड,मदमदिरा,माछा,मासु,चुरोट,सुर्तिको सेवन त्याग्न सकेमा अति उत्तम हुनेछ ।

पुण्य गरे धेरै ठूलो पुण्य र पाप गरे ज्यादै ठुलो पाप कर्म भोग्नु पर्ने हुन्छ । विशेष गरि यो महिनाको अष्टमी,दशमी ,पुर्णिमाको २५ औं तिथि दशमी र औंसिको दिनमा सोज्योङ व्रत बस्न सके ,अत्याधिक पुण्य प्राप्त जोकोहिले गर्ने सकिन्छ भनेर बौद्ध धर्मका ग्रन्थहरुमा उल्लेख छ ।

यो एक महिना भुटान,सिक्किम र तिब्बतमा काटमार गर्ने र माछा,मासु बेच्ने सबै कार्य बन्द गर्ने गर्दछ ।

यस समय अवधिमा प्राण हत्या,चोरी ब्याभिचार,झुटो बोल्ने,फजुलको गफ जस्ता दस अकुशल कार्य पालना गर्न सकेमा अपार पुण्य प्राप्त गर्न सकिन्छ । हामीले राम्रो कर्म गर्न सके कर्मको फल पनि राम्रै पाउने छौं । सुन्तलाको बिरुवा रोपे क्रमश: सुन्तला नै फल्नेछ त्यहाँ स्याउ फल्दैन । जस्तो कर्म,उस्ले फल भोग्छ । हामीले राम्रो कुरा सोचे सफा मन बोके सबै नै सफा देख्ने छौं । हाम्रो मन नै सफा छैन भने हामीलाई जति नै धोएर वा सफा गरेर सफा ठाउँमा राखेपनी हामी सफा हुने छैनौं । त्यसैले हामीले हाम्रो स- साना विषय वस्तुहरुमा पनि राम्रो कुराहरुको मात्र प्रयोग गर्न सिकौं ,यसो गर्ने सके प्रत्येक मानवले श्रोतहरु प्राप्ती हुनेमा दुईमत छैन ।

तथागत बुद्धको आशिर्वाद ,सम्पुर्ण प्राणी जगतको भलाई,चिर शुख ,शान्ति ,समृद्धि ,निरोगी ,दिर्घायु तथा क्रमश: आफुले चिताए बमोजिम सम्पुर्ण कार्य पूरा हुदै आउने छ ।

(नोट: बौद्ध धर्मकी भिक्षुणी तथा लेखिका हुनुहुन्छ भने भिक्षुणीले लेख्नु भएको सागाधावाको लेखलाई सम्पादन गरेर यहाँहरु सामु प्रस्तुत गरिएको छ ।
श्याम तामाङ
डेस्क सम्पादक ,तामाङपेज अनलाइन।)

 

प्रकाशित: समय: 9:14:41  1644पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार