गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइको १३ औं हप्ताको अभियान सम्पन्न

सरसफाई अभियान प्रभावकारी बन्दै गएको अभियन्ता बेबीराज भण्डारी थापाले बताउनु भएको छ ।

श्याम तामाङ
तामाङपेज ।
ललितपुर ।

गोदावरी नगरपालिकामा पर्ने, गोदावरी नहरमा आमा घर टोलमा आईतबार अभियन्ता धिरेन शाह ,बेबीराज भण्डारी थापा,चेतन कार्की,वाग्मती सरसफाइ अभियन्ता चित्र सुनुवार ,दिलिप थापा,सुबोध थापा,पत्रकार अनिता महर्जन ,नेपाल प्रहरी ,भिभियम हरिसिद्धी,सुनगाभा स्कुलका शिक्षक,शिक्षिका,विद्यार्थीहरु ,अभियन्ताहरु गरि १ सय ५० जना भन्दा बढीको सहभागितामा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानको १३ औं पटकको अभियान सम्पन्न भएको छ ।

प्रत्येक साताको आईतवार एक घण्टा नियमित रुपमा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियान हुँदै आएको र यस अभियानमा सरोकारवालाहरु,स्थानीय वासिन्दाहरुको व्यापक सहभागिता बढदै आएको अभियानकी अभियन्ता बेबीराज भन्डारी थापाले बताएकी छिन् ।

प्रकाशित: समय: 7:38:16  518पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार