ठुलादुर्लुङका विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान


ललितपुर । महाङकाल गाउँपालिका – ६ ठुलादुर्लुङमा रहेको श्री ५ महेन्द्र माविमा अध्ययनरत कक्षा १ देखि १२ कक्षासम्ममा विपन्न,गरिब तीन दर्जन छात्राहरूलाई रेस्ट संस्थाबाट प्राप्त शैक्षिक सामग्री वडा सदस्य निर्मला विकले बिहिबार प्रदान गरेकी छिन्।

नियमित रुपमा कपि ,ड्रेस,स्कुले ब्याग लगायतका शैक्षिक सामग्री ग्रामिण स्वास्थ्य शिक्षा सेवा कोष (रेस्ट)बाट प्राप्त हुँदै आएको सामग्री विद्यालयका शिक्षक ,शिक्षिका ,रेस्ट संस्थाका प्रतिनिधिहरुको रोहवरमा प्रदान गर्नु भएको वडा सदस्य विकले बताउनु भएको छ ।

प्रकाशित: समय: 6:59:38  543पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार