तामाङपेज संवाददाता।
ललितपुर ।
दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका -२ संखुका एक जुझारु ,कुशल पत्रकार गोविन्द शर्मा घिमिरेको आईतबार सानेपामा भएको सडक दुर्घटनामा परि शर्मा सहित बाईक चालक चन्द्रमणि माडवरीको निधन भएको छ ।
वा.१६ च ४७४३ नम्बरको स्कोरपियोमा पत्रकार शर्मा चढेको वा.४३ प ९८६३ नम्बरको बाईक ठोकिन पुगेको प्रहरीले अनुमान लगाएको छ भने घटनाबारे थप अनुसन्धान भैइरहेको महानगरिय प्रहरी परिसर जावलाखेलका प्रहरी निरिक्षक ज्योतिराज शर्माले जानकारी दिएका छन् ।
घटनापश्चात उपचारको लागि थापथलीमा रहेको नर्भिक हस्पिटलमा लादा पत्रकार गोविन्द शर्मा घिमिरेको निधन भएको नर्भिक हस्पिटल श्रोतले जनाएको छ ।
दक्षिण ललितपुरका संचारकर्मी मध्ये अलग धार बनाउन सफल भएका पत्रकार गोविन्द शर्मा घिमिरेको थाक थलो कोन्ज्योसोम गाउँपालिका-२ संखुका स्थानिय वासिन्दा घिमिरेले लोक गायन ,स्टार एफ एममा कार्यक्रम प्रस्तोता हुँदै कृषि टेलिभिजन,जावलाखेलको संस्थापक र कार्यक्रम प्रस्तोता,हाल किसान टेलिभिजनको स्थापना गर्दै, युट्युव च्यानलको समेत सानेपा,ललितपुरमा कार्यालय स्थापना गरेका थिए ।
पत्रकारितामा लामो समयदेखि कार्यरत गोविन्द शर्मा घिमिरेले नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखा सदस्य ,केन्द्रीय सभासद,तत्कालिन प्रेस सेन्टर काठमाडौ जिल्ला अध्यक्ष हुँदै कृषि पत्रकार प्रतिष्ठान ( जोना)को केन्द्रीय अध्यक्षसम्मको नेतृत्व गर्नु भएको थियो ।
सडक दुर्घटनामा परि मृत्यु भएको दुखद खबर सुनेपछी पत्रकारहरु,आफन्त जन र नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल समबेदना प्रकट गर्न थापाथलिस्थित नर्भिक हस्पिटल पुगेका थिए ।
कुशल पत्रकार गोविन्द घिमिरेको अल्पायुमा नै निधन भएको दुखद घडीमा आफन्तजन ,पत्रकार ,दक्षिण ललितपुर वासी यत्तिखेर स्तब्ध भएको छन् ।
पत्रकार शर्माको एक छोरा ,एक श्रीमती रहेको छ भने पोष्ट मार्टमपश्चात सोमबार नै अन्तेष्टी गर्ने जानकारी प्राप्त भएको छ।