तेश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेष्ठ २४,२५ र २६ गते राष्ट्रिय सभा गृहमा हुँदै

कमल रुम्बाको साङ्गेला घ्रान जेष्ठ २५ गते बिहान ९ बजे र भुइसल लामाको धुर्सा चलचित्र जेष्ठ २६ गते दिउँसो १:३० बजे प्रदर्शनी हुने भएको छ ।

तामाङपेज संवाददाता ।
काठमाडौ।
नेपालमा रहेका आदिवासी जनजाति भित्र निर्माण भएका विशेष गरि मातृ भाषी चलचित्रहरुको प्रचार प्रसार,ती चलचित्रबीच प्रतिस्पर्धा गर्ने,गराउने र आदिवासी जनजातिको भेषभुषा,संस्कार,संस्कृती,भाषा,परम्परागत गर गहना,रहसहनको जगेर्ना,संरक्षण गर्ने उद्देश्यले यो पल्ट जेष्ठ २४,२५ र २६ गते राजधानीको राष्ट्रिय सभा गृहमा तेश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव -२०७६ हुने भएको छ।

सो महोत्सवमा तामाङ चलचित्र मध्ये कमल रुम्बा तामाङको साङ्गेला घ्रान,जेष्ठ २५ गते शनिबार बिहान ९ बजे र भुइसल लामाको धुर्सा जेष्ठ २६ गते दिउँसो १:३० बजे राष्ट्रिय सभामा प्रदर्शन हुने भएका छन् ।

तामाङ चलचित्र धुर्सामा चलचित्रकर्मी अभिनेत्री,निर्माता भुइसल लामाकानुसार निर्देशक कमल योन्जन,कार्यकारी निर्माता चन्द्रजीत मोक्तान,मानबहादुर मोक्तान तामाङको रहेको तामाङ चलचित्र धुर्साले दर्शकहरुको सर्बाधिक मन जित्न सफल हुने बताएकी छिन् ।

प्रकाशित: समय: 2:14:03  534पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार