मानिखेलका गायक बुद्ध नेगिको गाउँको सम्झना बजारमा

गायक नेगिको यो तेश्रो कोशेली हो ।

तामाङपेज संवाददाता ।

ललितपुर ।
महाङकाल -२ मानिखेल कतवनका युवा गायक बुद्ध नेगि तामाङले तेश्रो कोशेलि गाउँको सम्झना बजारमा ल्याएका छन् ।

सेलो तथा काठे दोहोरी भाकामा रहेको सो गीतमा गाउँको सम्झना कुमार स्याङबा,बतासे पारी,फुलचोकी,आउन मैच्याङ भन्ने गीतको बोलमा गायक बुद्ध नेगि तामाङकै शब्द र स्वर रहेको छ ।

विशेष गरि दक्षिण ललितपुरको स्थान ,मठमन्दिर,गुम्बा ,रहन शैलिलाई शब्दमा उल्लेख गरेको गाउँको सम्झनाले वास्तवमा नै गाउँको सम्झना नै दिलाएको छ भने गाउँको सम्झनामा चर्चित गायिका इन्दिरा गोले,गायक अमृत लामा ,गायिका निर्मला थोकर ,शब्द ,स्वर गायक बुद्ध नेगिले दिएका छन् ।

ललितपुरका अमर बम्जन तामाङले सम्पादन गर्नु भएको सो गीतलाई श्री म्युजिक कम्पनी प्रालिले बजारमा ल्याएको छ ।

प्रकाशित: समय: 1:37:06  1010पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार