नुवाकोट साहित्य प्रतिष्ठान नेपालले साहित्य सम्मानकाे घाेषणा गर्‍याे


करण तामाङ, नुवाकोट।
नुवाकोट साहित्य प्रतिष्ठानले याे वर्षकाे साहित्य सम्मान आईतबार घाेषणा गरेको छ । प्रतिष्ठानकाे शुक्रबार बसेकाे बैठकले प्रस्तावमा ल्याएको सम्मानलाई एक छलफलपछि स्रस्टाकाे नाम सहित आईतबार घाेषणामा ल्याएको हाे ।

विगत डेढ दसक देखि नेपाली भाषा साहित्यमा याेगदान पुर्‍याउदै आउनु भएका स्रष्टाहरु महामण्डल साहित्य सम्मान धादिङका स्रष्टा डा नवराज लम्साल त्यसैगरी कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानमा ओखलढुङगाका स्रस्टा जीवनाथ धमला र महामण्डल युवा साहित्य सम्मानमा मकवानपुरकी स्रस्टा बिना थिङ तामाङलाई असार १४ गते साहित्य गाेष्टी कृति विमाेचनका साथ सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 0:25:14  593पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार