गोल्फुटारमा १० दिने उदघोषक तालिम आजदेखि शुरु


तामाङपेज संवाददाता।
काठमाडौ ।
बुढानिलकण्ठ नगरपालिका -८ गोल्फुटारको आर्थिक सहयोगमा दश दिने उदघोषण प्रशिक्षण तालिम आयोजक समितिको आयोजनामा बुढानिलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य एबम प्रमुख अतिथी दुर्गा थापाले ब्यानरमा रहेको अक्षर पढेर शनिबार गोल्फुटारमा उदघोषक प्रशिक्षण तालिमको उदघाटन गर्नु भएको छ ।

तालिम आयोजक समितिका सदस्य अक्कल तामाङकानुसार १० दिनसम्म संचालन हुने तालिमको प्रशिक्षक पुण्यराज पुडासैनीले प्रशिक्षण दिनुहुने तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको र उदघाटन समारोह तालिम आयोजक समितिका संयोजक एबम बुढानिलकण्ठ नगरपालिका कार्यपालिका सदस्य सुमित्रा त्रिपाठीको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 14:05:18  2042पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार