रसुवागढी भन्सार असार १ गतेदेखि संचालनमा आउने


तामाङपेज संवाददाता ।
रसुवागढी भन्सार कार्यालय टिमुरेमा आउँदो असार १ गतेबाट आसिकुडा वर्ल्ड मोडल सिष्टमको ब्रोकर मोडल संचालनमा आउने भएको छ ।

संचारकर्मी जुनेली ग्याबा तामाङसङ्गको भेटमा प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले भन्सार जाँच पास प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड अनुरुप बनाउने तथा आसिकुडा वर्ल्ड सिष्टम पुर्ण कार्यन्वयनमा ल्याउन लागिएको बताएका छन्।

भन्सार अधिकृत खड्काले विभागले आयातकर्ता तथा एजेण्टलाई तालिम दिई ब्रोकर मोडलले भन्सार कार्यालयका कर्मचारी र व्यवसायी दुबैलाई जिम्मेवारी बनाई आयातकर्ता प्रतिनिधि वा भन्सार एजेण्टले ब्रोकर मोडलमा माल वस्तुको घोषणा गर्ने जनाए ।

वि.सं.२०७१ सालदेखि औपचारिक संचालनमा रहेको रसुवागढी नाकामा दैनिक दुई सयदेखि तीनसयसम्म सवारी साधन आवातजावत हुने गर्दथ्यो । यस नाकाबाट चिनको केरुङ पुग्न २४ किलोमिटर टाढा छ भने नाकालाई वि.सं.२०७४ भाद्र १ गतेबाट अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सिमामा व्यापार व्यवसायी र सवारी साधनको चाप बढदै गएको छ ।

यस प्रकारको मोडल सिन्धुपाल्चोकको तातोपानी भन्सार संचालन कै दिनबाट र रसुवागढीमा भने असार १ गतेबाट लागू हुने भन्सार विभागका अधिकृत खड्काले बताएका छन् ।

यस अघि एजेण्ट नभएकाकारण ब्रोकरको कार्य सुरु भएको थिएन । अबका दिनमा व्यवसायी र कर्मचारीबीचको दुरी बढने छ । चिनसङ्ग सिमा जोडिएको नाकाबाट हुने व्यापारलाई सहज बनाउन आसिकुडा वर्ल्ड सिष्टम संचालनमा ल्याईने भएको हो ।
यसअघि साना व्यवसायी तथा एकपटक मात्र सामग्री ल्याउनका लागि प्रयोग गरिने पासवड ९९९ प्रयोग गरेर काम गर्ने गरिएको थियो भनेर संचारकर्मी जुनेली ग्याबा तामाङसङ्गको भेटमा भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी गराएका छन् ।

प्रकाशित: समय: 13:20:03  817पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार