“समृद्धिको उपहार”


“समृद्धिको उपहार “

यी उपहारको जमानामा के लिउ खै

तिमी पनि उही खाली हात रित्तै

दिउँ त म पनि खोक्रा राष्ट्रवादमा

साम्यवाद र समाजवादको

सपनामा तुईन चढ्नु छ।

यी उपहारको जमानामा के लिउ खै।।

सुखी नेपाली समृद्धि नेपालको

निम्तो मेरो गाङ्ग्यापमा डाँक्नु छ।

छेवाङ र पाल्मोलाई मुक्लानमा सुनाउँनु छ।

बोइमो मामको झुपडीमा जूनकिरी गाउँदैछ्न ।

आतुर म कुलमानलाई बोलाउनु छ।

यी उपहारको जमानामा के लिउ खै।

खर्ब र अर्बको पोको आउँदैछन् अरे

चोक्ट उसैलाई झाेलता पिलाउलनी

गणतन्त्र र लोकतन्त्रको आकर्षक उपहार

मेरो ताम्सालिङमा हलो अड्किरछन ।

ती महंगीका लड्डु बाँडिचुँडि खाउलनी

यी उपहारको जमानामा के लिउ खै।।

पिङ्गै र पोते आफ्नै समृद्धिमा रमाउँदैछन ।

पोलो र सोङ्गान ढिंडोको डल्ला संगै

समृद्धिको सपना बाँड्नेहरु

मरुभूमिमा जहाज गुडाउँदैछन् ।

जन्मिदै ती अबोध शिशु

करोडौंको बोध थम्दैंछ्न ।

अन्ततः सपनाको उपहार साट्नु छ ।

महंगीको लड्डु बाँड्नु छ ।

समृद्धिको उपहार गाँस्नु छ ।

यी उपहारको जमानामा के लिउ खै

तिमी पनि उही खाली हात रित्तै

दिउँ त, म पनि खोक्रा राष्ट्रवादमा

साम्यवाद र समाजवादको

सपनामा तुईन चढ्नु छ।

 

अटुट तामाङ दोङ “सिङ्ग”

तेमाल गा.पा.मेच्छे ९चोपटार ,काभ्रे

प्रकाशित: समय: 12:40:36  748पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार