श्री बौद्धनाथ क्षेत्र विकास समितिको वनभोज तथा वार्षिक कार्यक्रम सम्पन्न


तामाङपेज संवाददाता ।
काठमाडौ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाको नेतृत्वमा शनिबार गोकर्णेश्वर नगरपालिकामा पर्ने उत्तरबाहिनी मन्दिरमा प्रतिनिधि सभाका साम्सद कृष्णबहादुर राई,प्रदेश सभाका साम्सदहरु रामेश्वर फुयाल ,छिरिङदोर्जे लामा,जापानका लागि नेपालका पुर्व राजदुत डा.गणेश योन्जन तामाङ,काठमाडौ महानगरपालिका वडा न.६ बौद्ध वडाअध्यक्ष दीपेन्द्र गोले,कान्तिपुरका पत्रकार फुलमान बल ,छ्योर्तेन मासिकका सम्पादक वीरबहादुर वाईवा ,सहसम्पादक अमित लामा ,पत्रकार चन्द्रजीत मोक्तान,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,श्री बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारीहरु,कर्मचारीहरु,बौद्धका व्यवसायी र सर्वसाधारणहरु सहभागीता रहेको समितिका कार्यकारी निर्देशक बसन्तकुमार लो लामाले बताएका छन् ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बसन्तकुमार लो लामाकानुसार समितिले गरेका सम्पन्न कार्यक्रमहरु भावी कार्यहरुको बारेमा जानकारी आदानप्रदान ,नाच गान ,खानपान गरेर समितिको वार्षिक तथा वनभोज कार्यक्रम गरेर भब्यताकासाथ सम्पन्न भएको जनाएको छ ।

प्रकाशित: समय: 3:47:07  617पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार