तामाङपेज संवाददाता ।
भक्तपुर ।
जनतासङ्ग प्रत्यक्ष स्थानिय सरकार,गाउँ र समाजको विकास हाम्रो अधिकार भन्ने मुल नाराकासाथ रामेछाप जिल्ला ,सुनापति गाउँपालिका भित्र स्थायी घर भै राजधानीमा रहेका गाउँपालिकाका वासिन्दाहरुको उत्साहजनक सहभागितामा शनिबार भल्वाडी म्हारमेन युवा क्लबले रफत संचार क्लबको सभा कक्षामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रियामा सहभागी निरिमाया मोक्तान तामाङकानुसार सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले गाउँपालिकामा गरेका कार्य र र भावी कार्यहरुको बारेमा जानकारी गराउनु हुँदै,सुनापति गाउँपालिकामा मदमदिराका सेवन गर्ने नागरिकले अब मदमदिरा सेवनको लागि गाउँपालिकाले जारी गरेको मदमदिरा सेवन लाइसेन्स कार्ड अनिवार्य लिनु पर्ने ,लाइसेन्स कार्ड सेवन गरि तथानाम गाली गर्ने ,झगडा गर्ने ब्यक्तिको हदमा ट्राफिक लाइसेन्स प्वाल पार्ने गरि कार्बाही हुने र अब बेच्नेले पनि खाने नागरिकले पनि मदमदिरा सेवनको लाइसेन्स लिनु पर्ने ,त्यस्को लागि गाउँपालिकाले प्रक्रिया अगाडि बढाई सकेको जानकारी गराएका छन् ।
यस्तै गरि अन्तरक्रियामा सहभागी मोक्तानकानुसार सुनापति गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी,वासिन्दाहरुको बाक्लो उपस्थिती रहेको अन्तरक्रिया कार्यक्रममा सुनापति गाउँपालिका उपाध्यक्ष एबम रामेछाप जिल्लाकी प्रथम प्याराग्लाईडिङका सफल आरोही समेत बन्न सफल हुनु भएकी गीता विष्टले निर्बाचित जनप्रतिनिधिहरुले योजना र विकास निर्माणको क्रममा सुनापति गाउँपालिकामा भ्रष्टाचार नगरेको दावी गर्दै ,प्रक्रिया मिलेन होला तर जनप्रतिनिधिले गरेको कार्यमा उल्लेखनीय भएको बताउदै ,सुनापति गाउँपालिकाले अपाङ्गता परिचय पत्र दिन शुरु गरेको ,अपाङ्गताको परिचय पत्रको श्रेणीको आधारमा सुविधा र भत्ता दिने योजना गाउँपालिकले बनाएको बताएकी छिन् ।
भल्वाडी म्हारमेन क्लबले गरेको उक्त कार्यक्रममा सुनापति गाउँपालिकामा घर भै विभिन्न पेशा र व्यवसायले राजधानीमा बसोबास गर्ने सुनापति गाउँपालिकाका बासिन्दाहरुको व्यापक सहभागिता रहेको थियो ।