लमजुङ मिप्रामा पनि सामुहिक सतुवा खेती शुरु

मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सतुवाको बिरुवा रोपेर शनिबार शुभारम्भ गर्नु भयो ।

तामाङपेज संवाददाता ।
लमजुङ ।

मर्स्याङदी गाउँपालिका -४ मिप्रामा लाली गुराँस बहुउद्देश्यीय कृषि तथा जडिबुटी सहकारी संस्थाका कृषकहरुले थालनी गर्नु भएको सामुहिक सतुवा खेतीको बिरुवा रोपेर मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले शनिबार शुभारम्भ गर्नु भएको छ ।

युवाहरुको रोजगार तथा श्रमको सम्मान ,कृषि जडिबुटीमा आर्थिक क्रान्तिको अभियान भन्ने मुलनाराकासाथ मर्स्याङदी गाउँपालिकाका विभिन्न वडाहरुमा सतुवा खेतीको सामुहिक थालनी भएको व्यावसायी तथा सतुवा खेतीका प्रशिक्षक अजय दोङ तामाङले जानकारी गराएका छन् ।

प्रकाशित: समय: 14:52:15  1100पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार