लमजुङका कृषकहरु सतुवा खेतीतर्फ आकर्षित ,किवी फस्टायो


तामाङपेज संवाददाता ।
लमजुङ ।
मर्स्याङदी-७ र ८ वडाका लाली गुराँस कृषि सहकारी संस्थाका कृषकहरु सामुहिक सतुवा खेतीतर्फ व्यवसायिक रुपमा लागेका छन् ।

सतुवा खेतिका प्रशिक्षक एबम व्यवसायी अजय दोङ तामाङकानुसार सहकारी संस्थाका कृषकहरु सामुहिक सतुवा खेतीतर्फ औपचारिक रुपमा मर्स्याङदी-७ का वडाअध्यक्ष युवा घलेले सतुवा खेती रोप्ने सामुहिक कार्यक्रमको केही दिन अघि उदघाटन गर्नु भएको जनाउदै नगदे बाली वार्षिक रुपमा अन्य अन्न ,बाली उत्पादन भन्दा तेब्बर आर्थिक आर्जन गर्न सकिने भएकोले सतुवा खेतीतर्फ कृषकहरु आकर्षित लमजुङका मर्स्याङदी -७ र ८ वडाका कृषकहरु लागेको बताए ।

मर्स्याङदी-८ मा भने कृषकहरुले किवि समेत रोपेर फलाई सकेको जानकारी प्रशिक्षक एबम व्यवसायी अजय दोङ तामाङले जानकारी दिएका छन् ।

प्रकाशित: समय: 3:31:26  889पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार