तामाङ बौद्ध महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष गेसे ङिमा तामाङ मलेसिया र सिङ्गापुर प्रस्थान

धार्मिक कार्यक्रमका लागि प्रस्थान गर्नु भएको जानकारी।

तामाङपेज संवाददाता ।
तामाङ बौद्ध महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष एबम बौद्ध धर्म गुरु गेशे ङिमा थोकर तामाङ शुक्रबार मलेसिया र सिङ्गापुरका लागि प्रस्थान गर्नु भएको छ ।

महासङ्घका महासचिव टेकराज मोक्तानकानुसार तामाङ बौद्ध महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष बौद्ध धर्मगुरु गेशे तामाङ मलेसिया र सिङ्गापुरमा आयोजना हुने विभिन्न बौद्ध धर्म सम्बन्धि धार्मिक कार्यक्रमका लागि प्रस्थान गर्नु भएको जानकारी गराएका छन् ।

प्रकाशित: समय: 2:57:23  742पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार