रसुवामा शैक्षिक प्रदर्शनी तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न


जेठ १७,रसुवा तामाङपेज सम्बाददाता।

कालिका गाँउपालिकाको आयोजनामा शैक्षिक प्रदर्शनी तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक प्रदर्शनी कार्यक्रममा कालिका गाँउपालिका भित्रका १७ वटा विद्यालयहरुले सहभागी जनाएको थियो ।उक्त कार्यक्रममा भाषा ,अंग्रेजी नेपाली ,गणित ,विज्ञान,सामाजिक ,सिर्जनात्मक कला र शैक्षिक सम्बन्धि सामाग्रीहरुको प्रर्दशनी गरेको थियो । कविता मिनि कम्प्युटर,डोको चकटी, नेपालको नक्सा, झण्डा ,खेर गएको वस्तुवाट बनेको विभिन्न सामाग्री फूल,घर तथा गणित सँग सम्बन्धित उक्त सामाग्रीहरुको प्रर्दशन गरीएको थियो ।कार्यक्रमलाई कालिका गाउँपालिका प्रमुख सीता कुमारी पौडेल अधिकारीले नीलकण्ठ माध्यामिक विद्यालयका कक्षा १० मा अध्यनरत विद्यार्थी विशाल तामाङले बनाएको मिनि कम्प्युटरबाट उद्धघाटन गर्नुभएको थियो ।

शिक्षकतर्फ भाषा प्रथम ज्याङलाङ प्राथमिक विद्यालयका सरस्वती देवकोटा ,द्धितिया निलकण्ठ नमुना माध्यामिक विद्यालयका डिल्ली कुमार देवकाटा ,तृतियामा ज्याङलाङ प्राथमिक विद्यालयका गगनराज देवकोटा,गणित ,विज्ञानमा प्रथम सूर्योदय प्राथमिक विद्यालयका धर्मदत्त अधिकारी , ,द्धितियामा नारायणस्थान आधारभुत विद्यालयका नमराज घिमिरे,तृतियामा नारायणस्थान माध्यामिक विद्यालयका रुद्र प्रसाद ओझा सामाजिकतर्फ प्रथम नारायणस्थान आधारभुत विद्यालयका गंगाधर न्यौपाने,द्धितिया कालिका हिमालय माध्यामिक विद्यालयका श्याम कुमार गुरुङ, तृतियामा निलकण्ठ नमुना माध्यामिक विद्यालयका अर्जुन प्रसाद देवकोटा र सिर्जनात्मक कलामा प्रथम ज्याङलाङ प्राथमिक विद्यालयका कृष्टिना मोक्तान, द्धितियामा शिलादेवि प्राथमिक विद्यालयका राजकुमारी शाही,तृतियामा बच्छला देवि आधारभुत विद्यालयका धनमाया डंगोल हुनुभएको थियो ।

यसैगरी विद्यार्थीतर्फ भाषामा निलकण्ठ नमुना माध्यामिक विद्यालयका प्रज्ञा देवकोटा प्रथम, बच्छला देवि आधारभुत विद्यालयका मनिका न्यौपाने द्धितिया, बच्छला देवि आधारभुत विद्यालयका उषा न्यौपाने तृतिया, गणित,विज्ञानमा नीलकण्ठ माध्यामिक विद्यालयका विशाल लामा प्रथम, कालिका हिमालय माध्यामिक विद्यालयका विक्रम पुडाशैनी द्धितिया, बच्छला देवि आधारभुत विद्यालयका खुशिराम न्यौपाने तृतिया, सामाजिकमा कालिका हिमालय माध्यामिक विद्यालयका दिपा तामाङ प्रथम, कालिका हिमालय माध्यामिक विद्यालयका मोनिका तामाङ द्धितिया, ज्याङलाङ प्राथमिक विद्यालयका विवश तामाङ तृतिया, सिर्जनात्मक कलामा कालिका हिमालय माध्यामिक विद्यालयका सपना गोले प्रथम, बच्छला देवि आधारभुत विद्यालयका सुमन न्यौपाने द्धितिया, शिलादेवि प्राथमिक विद्यालयका अप्सरा सुनुवार तृतिया भएको हो ।

कालिका गाँउपालिकाको कार्यलयमा भएको शैक्षिक प्रोत्साहन कार्यक्रममा शैक्षिक सत्र २०७४ को एस.ई.ई परीक्षामा ३.६० अंक प्राप्त गरी उतिर्ण भएका नीलकण्ठ नमुना माध्यामिक विद्यालयका विशाल राना तामाङले र ३.७५ प्राप्त गरी उतिर्ण भएका नर्थपोल अंग्रेजी माध्यामिक विद्यालयका शिशिर देवकोटालाई नगद रु २२५० प्रदान गरी सम्मान गरीएको छ ।कालिका गाउँपालिकाले शैक्षिक प्रोत्साहन कार्यक्रम आर्थिक बर्ष ७५ ७६ बाट उत्कृष्ट शिक्षक छनौट गरी नगद रु २२५० सहित प्रमाणपत्र प्रदान गरी सम्मान गरीएको छ । प्राथमिक पदमा राधिका पौडेल न्यौपाने बच्छला देवि माध्याममिक विद्यालयका शिक्षक निम्न माध्यामिक पदमा अर्जुन प्रसाद देवकोटा ,निलकण्ठ नमुना माध्यामिक विद्यालयका शिक्षक, माध्यामिक पदमा टंक बहादुर ओली कालिका हिमालय माध्यामिक विद्यालयका शिक्षक प्रावि पदमा राजेन्द्र तामाङ ग्राङ, प्राथमिक विद्यालयका प्रधानाध्यापक निम्न माध्यामिक पदमा रुद्र प्रसाद ओझा ,नारायणस्थान आधारभुत विद्यालयका प्रधानाध्यापक ,बाल विकास केन्द्र पदमा अन्जु न्यौपाने ढकाल,मनकामना प्राथमिक विद्यालयको माध्यामिक पदमा देबेन्द्रराज देवकोटा सेतिभुमे माध्यामिक विद्यालयका प्रधानाध्यापक र उत्कृष्ट विद्यालय कर्मचारीमा निलकण्ठ नमुना माध्यामिक विद्यालयका रामशरण पौडृल ,उत्कृष्ट विद्यालय सहयोगिमा कालिका हिमालय माध्यामिक विद्यालयका सरस्वती न्यौपाने ,उत्कृष्ठ अध्यक्ष्यतामा बच्छलादेवी आधारभुत विद्यालयका तोयानाथ न्यौपाने छनोट भएको छ ।पालिका भित्रका विद्यालय मध्ये शैक्षिकसत्र २०७५ कार्यको आधारमा मुल्याङ्कन गरी कालिका हिमालय माध्यामिक विद्यालय , बच्छलादेवी आधारभुत विद्यालयका र , शिलादेवि प्राथमिक विद्यालय उत्कृष्ट विद्यालयमा छनौट गरी सम्मान गरीएको छ ।

त्यसैगरी शैक्षिकसत्र २०७५ को आधारभुत तह उर्तीण कक्षाबाट परीक्षामा ३.९१ अंक प्राप्त गरेको कालिका हिमालय माध्यामिक विद्यालयका छात्र विक्रम पुडासैनिले ३.७८ अंक प्राप्त गरेकोे ग्रिन गार्डेन .आवसिय माध्यामिक विद्यालयका छात्रा नम्रता ढकाल ३.७५ र ३.७५ अंक प्राप्त गरेको दिक्षित पौडेल ,सुन्दरा माध्यामिक विद्यालयका छात्रा कल्पना मगरलाई नगद रकम रु१५०० सहित प्रमाणपत्र प्रदान गरी कालिका गाउँपालिकाले सम्मान गर्नुभएको छ।

प्रकाशित: समय: 3:51:03  469पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार