युगान्तरको सम्पादकमा करण तामाङ घलान नियुक्त


तामाङपेज सम्बाददाता।
नुवाकोट साहित्य प्रतिष्ठान नेपालबाट सञ्चालित अर्धवार्षिक साहित्यिक पत्रिका युगान्तरकाे सम्पादकमा प्रतिष्ठानकाे सदस्य करण तामाङ नियुक्त भएको छ । प्रतिष्ठानकाे शुक्रबार बसेकाे बैठकबाटै तामाङ सर्वसम्मत चयन भएको हाे।

युगान्तरमा प्रबन्ध रामकृष्ण गजुरेल, व्यवस्थापक जानुका दाहाल र सुनिमा थिङ तामाङ, कम्प्युटर टाईप लक्ष्मी थाेकर, कभर आर्ट शशीकुमार डंगाेल,सज्जा वसन्त राज अज्ञात र प्रकाशक नुवाकोट साहित्य प्रतिष्ठान नेपाल रहेको छ।

प्रतिष्ठानकाे अध्यक्ष रामकृष्ण गजुरेल अमर तथा सल्लाहकार श्रीराम श्रेष्ठले युगान्तरमा नयाँ सम्पादक पाएकाेमा खुसी व्यक्त गरेका छन्।

प्रकाशित: समय: 23:27:49  897पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार