मोरङ बेलबारीमा आजदेखि ढाकाको कपडा उत्पादन गर्ने तालिम शुरु

तालिमको बेलबारी -११ का वडाअध्यक्ष यमबहादुर पोखरेलद्वारा उदघाटन

तामाङपेज संवाददाता
काठमाडौ ।
मोरङ ।
नेपाल आदिवासी जनजाति महासङ्घ ,समन्वय समिति ,बेलबारीको आयोजनामा बेलबारी नगरपालिका-११ वडा कार्यालयको आर्थिक सहयोगमा १५ दिने ढाकाको कपडा उत्पादन गर्ने तालिमको वडाअध्यक्ष यमबहादुर पोखरेलले शुक्रबार उदघाटन गर्नु भएको छ ।

बेलबारी नगरपालिका-११ वडाभित्रका ९ वटा आदिवासी जनजातिबाट १/१ जनाले गरि ९ जनाले तालिममा सहभागी भएको प्रशिक्षार्थीहरुलाई प्रशिक्षक धनमाया तामाङले ढाकाको कपडा उत्पादन गर्ने तालिम दिने नेपाल आदिवासी जनजाति महासङ्घ,समन्वय समिति बेलबारी नगरपालिका वडा न.११ का सचिव ज्ञानुराज राईले जानकारी गराएका छन् ।

वडा कार्यालयको आ.व.०७५/०७६ को बजेटबाट निकासा भै रु.१ लाख रुपैयाँमा १५ दिने ढाकाको कपडा उत्पादन गर्ने तालिम आजदेखि शुरु भएको हो। तालिमको उदघाटन नेपाल आदिवासी जनजाति महासङ्घ,समन्वय समिति बेलबारी,मोरङका अध्यक्ष नुतन लिम्बुको सभाअध्यक्षतामा सम्पन्न भएको महिला सामाजिक अभियन्ता एबम तालिम संयोजक शान्ता मोक्तान तामाङले जनाएकी छिन् ।

प्रकाशित: समय: 14:26:07  557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार