चितवन कालिका-८ ड्राईभरडाडाकी ४१ वर्षीय जगकुमारी मगरले बाख्रापालन गरेर वार्षिक ७ लाख कमाइन

बाख्रा व्यवसायी जगकुमारीले शुरुमा तीनवटा बाख्रा अधियामा पालेको अनुभव सुनाइन् ।

श्याम तामाङ
तामाङपेज ।
चितवन ।
कालिका नगरपालिका -८ गैरीबारीचोक, देवीटार,ड्राईभरडाडाकी जगकुमारी थापा मगर,श्रीमान खिरबहादुर राना,ससुरा टङकबहादुर राना,सासू केशरी थापा,छोरा सुमन ,सुजन र छोरी सुमा राना मगर सहित बसोबास गर्दै आई रहेका छन् ।

आजभन्दा करिब/करिब एक दशक अघि तीन वटा बाख्रा अर्काको अधियामा पालन पोषण गरेकी जगकुमारीले हेफर ईन्टरनेशनल,सानो हात्तिवन ललितपुरबाट पाँचवटा बाख्रा उपहार पाएकि थियो ।

विगतमा एक छाक खाना नपत्याउने हेलामा परेकी जगकुमारी थापा मगरले तितो अनुभव सुनाउदै आफू र आफ्नो श्रीमान खिरबहादुर मिलेर दस वर्षको अवधिमा हिजोआज ७० वटा बाख्रा,बोका,खसी पालेको र अहिले वार्षिक ६/७ लाख न्युनतम आम्दानी लिन सफल भएको बताइन् ।

दुख पाको बेला हेला गर्नेहरु अहिले सापाटी माग्न आउँछन् भन्दै स्वदेशमा नै कर्म गर्यो भने वैदेशिक रोजगारमा जानू भन्दा आफ्नै जन्म भुमी नेपालमा नै पसिना बगाई आम्दानी गर्न सकिने रहेछ । अहिले यो बाख्रा पालन चितवन जिल्लाको कालिका नगरपालिका भित्र नमुना बन्न सफल भएको छ । म आजीवन बाख्रा व्यवसायलाई अगाडी बढाउने छु जगकुमारीले भनिन् ।

बाख्रा व्यवसायी जगकुमारीले संचालन गरेको बाख्रा फर्म चितवन जिल्लाको भरतपुरबाट पुर्वी क्षेत्रतर्फ पर्ने कालिका नगरपालिका -८ गैरीबारीचोक नजिकै रहेको देवीटार,ड्राईभरडाडा टोलमा पर्दछ।

प्रकाशित: समय: 10:47:32  1755पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार