हेटौंडा नेवारपानीको डोदोन छ्योइलिङ बौद्ध गुम्बा निर्माण गर्न मकाउ र दक्षिण कोरियामा कार्यरत युवाहरुद्वारा रु.३ लाख ४७ हजार ४ सय ७० रुपैयाँ आर्थिक सहयोग प्रदान


श्याम तामाङ
तामाङपेज ।
मकवानपुर ।
हेटौंडा नगरपालिका-१९ नेवारपानीमा रहेको डोदोन छ्योइलिङ बौद्ध गुम्बा निर्माणको लागि हेटौंडा नेवारपानी स्थायी बासिन्दा भै हाल वैदेशिक रोजगारको क्रममा मकाउ र दक्षिण कोरियामा कार्यरत युवा समाजसेवीहरुले रु.३ लाख ४७ हजार ४ सय ७० रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

डोदोन छ्योईलिङ बौद्ध गुम्बा ,हेटौंडा नेवारपानीको गुम्बा निर्माणका लागि नेवारपानी घर भै हाल मकाउमा कार्यरत नरेश गोले तामाङ र अन्य सहयोगीबाट प्राप्त रु.७२ हजार दुई सय ,यस्तैगरी नेवारपानी घर भै हाल दक्षिण कोरियामा कार्यरत सागार गोले ५० हजार ५० रुपैयाँ,उत्तम थिङ/लक्ष्मी लामा हेटौंडा -२ रु.५० हजार ५० रुपैया,मणिक लामा रु.२८ हजार ८ सय ७५ रुपैयाँ ,नमु लामा रु.२८ हजार ८ सय ७५ रुपैयाँ,अनिता रुम्बा/ सजन बल तामाङ रु.२८ हजार ८ सय ७५ रुपैयाँ,रोहण तामाङ रु.२८ हजार ८ सय ७५ रुपैयाँ,प्रविण लामा रु.२८ हजार ८ सय ७५ रुपैयाँ,अमित याङहङ लिम्बू इलाम रु.४ हजार ८ सय १० रुपैयाँ,सपन लामा हेटौंडा,नेवारपानी रु.१४ हजार ४ सय ३५ रुपैयाँ,किरण ग्लान तामाङ,नेवारपानी रु.९ हजार ६ सय २५ रुपैयाँ,भक्तिराम दाङ्गी रु.१ हजार ९ सय २५ रुपैयाँ गरि कुल ३ लाख ४७ हजार ४ सय ७० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको गुम्बाका प्रमुख लामा बौद्ध धर्म गुरु सोईनम दोर्जे लामाले जानकारी गराउनु भएको छ ।

 

प्रकाशित: समय: 1:33:20  870पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार