हिलेदेवीमा एक हप्ते उत्प्रेरणात्मक उदघोषण कार्यक्रम सम्पन्न


श्याम तामाङ
तामाङपेज,काठमाडौ ।
रामेछाप ।
सुनापति गाउँपालिका वडा न.३ हिलेदेवीमा एक हप्ते उत्प्रेरणात्मक कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

प्रशिक्षकहरु ओमविक्रम लम्साल,धर्मचन्द्र योन्जनले जेष्ठ १० गतेदेखि १६ गतेसम्म प्रशिक्षण दिएको कार्यक्रममा हिलेदेवीका आदिवासी जनजाति,दलित समुदायका ४६ जनाले प्रशिक्षण लिएको आदिवासी जनजाति तथा दलित क्षमता विकास समितिका सदस्य हिक्मत थिङ तामाङले बताएका छन् ।

एक हप्ते सो कार्यक्रमको सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टले समुदघाटन गर्नु भएको थियो ।

कार्यक्रमले प्रत्येक व्यक्तिमा क्षमता अभिव्यक्त गर्ने शैलीमा विकास,उत्कृष्ट कार्य र प्रभावकारी भएको स्थानिय कार्यक्रममा प्रशिक्षण लिएकी रजनी मोक्तान तामाङले बताइन् ।

एक हप्ते उत्प्रेरणात्मक उदघोषण कार्यक्रम,सुनापति गाउँपालिका वडा न.३ हिलेदेवीका वडाअध्यक्ष बाबुराम तामाङको प्रमुख आतिथ्यमा र आदिवासी जनजाति तथा दलित क्षमता विकास समितिका संयोजक राजीव मोक्तान तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।
एक हप्तासम्म चलेको कार्यक्रमको प्रायोजन सुनापति -३ हिलेदेवी वडा कार्यालयले गरेको जनाएका छन् ।

प्रकाशित: समय: 0:51:14  624पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार