श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल।
काठमाडौ।
सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका धाक्पाखर्ककी कान्छिडोल्मा ह्योल्मोले जेष्ठ ९ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा बिहान ५ बजेर २० मिनेट जादा मेरो अभियान ह्योल्मोको पहिचान भन्ने मुलनारा अङकित ब्यानर,विभिन्न ह्योल्मो समुदायको संघ,संस्थाहरुको लोगो,नेपालको झण्डा सहित सगरमाथाको चुचुरोमा प्रथम ह्योल्मो महिलाको कीर्तिमान सहित पाईला टेक्न सफल भएकी थिईन ।
मङ्गलबार काठमाडौ आईपुगेकी सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोलाई बुधबार ह्योल्मो गुम्बा तिनचुलेमा नेपाल ह्योल्मो समाज सेवा सङ्घ ,ह्योल्मो समाज सेवा केन्द्र,नेपाल ह्योल्मो महिला संघ,ह्योल्मो फाउण्डेसन ,दर्जनौ संघ,संस्थाहरु ,ह्योल्मो समुदायहरुले व्यापक रुपमा सम्मान ,स्वागत र बधाई प्रदान गरेको नेपाल ह्योल्मो समाज सेवा सङ्घका केन्द्रीय अध्यक्ष पेमा ह्योल्मोले बताउनु भएको छ ।
विश्वको सर्वोच्च शिखरमा पाईला टेक्न सफल भै अल्पसंख्यक आदिवासी जनजाति ह्योल्मो महिला समुदायमा पहिलो ह्योल्मो महिला सगरमाथा आरोहीको किर्तिमान कायम गर्न सफलता प्राप्त गर्नु भएकोमा सगरमाथा आरोही कान्छिडोल्मा ह्योल्मोप्रती नेपाल र विश्वभर रहेका ह्योल्मो समुदायहरुले खुशियाली व्यापक रुपमा मनाएका छन् ।