कोन्ज्योसोम-१ चौघरेले भुकम्प लाभग्राहीसङ्ग जेष्ठ २४ बिहान ११ बजे वडा कार्यालयमा अन्तरक्रिया कार्यक्रम गर्दै


तामाङपेज संवाददाता ।
ललितपुर ।
कोन्ज्योसोम-१ चौघरेले वडा कार्यालय भवन चौघरेमा भुकम्प लाभग्राहीसङ्ग अन्तरक्रिया कार्यक्रम गर्ने सुचना आईतबार जारी गरेको छ ।

वडाअध्यक्ष सन्तलाल लामाकानुसार जेष्ठ २४ गते बिहान ११ बजे वडा कार्यालय भवन चौघरेमा भुकम्प लाभग्राही मध्ये दोश्रो किस्ता अनुदान लिएर घर (आवास) निर्माणको कार्य नगरेको सेवाग्राहीलाई अन्तरक्रिया कार्यक्रममा अनिवार्य उपस्थितीको लागि वडा कार्यालयले सार्वजनिक सुचना जारी गरेर अनुरोध गरेको बताएका छन् ।

प्रकाशित: समय: 5:15:03  700पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार