प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले विकास निर्माण भएका संरचनाको निरिक्षण ,अनुगमन गर्नुहुदै


तामाङपेज संवाददाता ।
ललितपुर।
गोदावरी नगरपालिकाभित्रका वडामध्ये झरुवारासी लगायतका स्थानहरुमा पोखरी तथा मोटरबाटो निर्माण कार्यबारे बुधबार ललितपुर क्षेत्र न.१ का प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले निरिक्षण ,अनुगमन स्थलगत रुपमा गर्नु भएको छ।

निर्वाचन क्षेत्र विकास कोष,नेपाल सरकारको विभिन्न मन्त्रालयबाट आ.व.०७५/०७६ भित्र परेका ,निर्माण शुरु भएका मोटरबाटो ,खेलमैदान ,पोखरी निर्माण जस्ता कार्यहरुको निर्माण र कार्य सम्पन्न बारे स्थलगत निरिक्षण ,अनुगमन गरेर सम्बन्धित निकायहरुलाई तोकेको समय सिमामा कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।

संसदको राज्य व्यवस्था समितिको समेत सदस्य रहनु भएका साम्सद सिलवालले आफ्नो क्षेत्रमा शुरु भएका र सम्पन्न हुन लागेका योजना ,विकास निर्माणबारे अध्ययन,अनुसन्धान ,निरिक्षण ,अनुगमन गर्ने क्रममा विद्यालयहरुमा छडके रुपमा प्रवेश गर्नु भएर शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई कसरी शिक्षण गरेका रहेछन् सो बारेमा प्रत्यक्ष विद्यार्थीहरुमाझ कक्षामा प्रवेश गरेर शिक्षण गर्नु भएको स्थानिय वासिन्दाहरु बताउँछन् ।

प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले विद्यालयमा शिक्षक ,शिक्षिकाहरुले व्यवहारिक शिक्षाको शिक्षण गर्नुपर्ने ,अभिभावक ,स्थानिय नेतृत्वहरुले विद्यालयको अवस्थाबारे ध्यान दिनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रकाशित: समय: 2:50:14  1139पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार