श्याम तामाङ
तामाङपेज,काठमाडौ ।
सर्लाही ।
हरिवन नगरपालिका-८ मा रहेको श्री महादेव जनता नमूना माविको ४ दिने नमुना विद्यालय अवलोकन भ्रमण शुरु भएको छ ।
विद्यालयका शिक्षक दुर्लभ भट्टराईकानुसार हरिवन नगरपालिका शिक्षा अधिकृत तथा नेपाल सरकारका उपसचिव नवराज निरौला,हरिवन नपा-८ वडाअध्यक्ष यज्ञविनोद ढुङ्गेल,प्र.अ.जयशङकर सिंह,शिक्षक ,शिक्षिका,कर्मचारी,विद्यार्थी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सम्मिलित ३१ जनाको टोलिले हेटौंडा,वुटवल,सुर्खेतका नमुना विद्यालयहरुको अवलोकन ,छलफल गर्ने उद्धेश्य रहेको जानकारी दिएका छन् ।
बुधबारदेखि शुरु भएको अवलोकन भ्रमण सोमबार फर्किने कार्यक्रम रहेको छ ।