रामेछाप सुनापति -३ श्री जनजागृत माविमा पढाई विषयक मनोविज्ञान कार्यक्रम


तामाङपेज संवाददाता ।
रामेछाप ।
सुनापति -३ मा रहेको श्री जनजागृत माविका विद्यार्थीहरुलाई प्रशिक्षकहरु ओमविक्रम लम्साल र धर्मचन्द्र योन्जन तामाङले परीक्षा प्रणाली कसरी सुधार गर्ने,उत्प्रेरणा कसरी बढाउने र विशेष गरि मनोविज्ञान सम्बन्धि बुधबार प्रशिक्षण दिएका छन् ।

श्री जनजागृत माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव मोक्तान तामाङकानुसार विद्यालयका विशेष गरि किशोर किशोरी अवस्थाका विद्यार्थीहरुलाई प्रशिक्षण दिएको जनाउनु भएको छ ।

विद्यालयकी प्र.अ.मिरा पाख्रीन तामाङले भने मनोविज्ञान सम्बन्धि प्रशिक्षणले विद्यार्थीहरुमा नैतिक शिक्षा,मनो ज्ञान बारे थप शिक्षा दिलाएको बताएकी छिन् ।

प्रकाशित: समय: 8:44:37  690पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार