संखुको योजना संकलन जेष्ठ २० गतेदेखि शुरुहुने

कोन्ज्योसोम-२ संखुका वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरेद्वारा जानकारी

तामाङपेज संवाददाता ।
ललितपुर  

कोन्ज्योसोम गाउँपालिका-२ संखुको आ.व.०७६/०७७ को योजना संकलन जेष्ठ २० गतेदेखि २४ गतेसम्म हुने भएको छ।

कोन्ज्योसोम-२ संखुका वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरेद्वारा हस्ताक्षरित मंगलबार जारी सुचनानुसार जेष्ठ २० गते साविकको संखु गाउँ विकास समितिको वडा न.१ मेथुमडेरी बिहान ७ बजे,वडा न.२ को चेतनाथको घरमा दिनको २ बजे,वडा न.३ को भुमिथुम्कामा बेलुकी ४ बजे र जेष्ठ २१ गते साविकको वडा न.५ ठुलोपोखरी मानेचौर बिहान ८ बजे,वडा न.६ लाकुरीभन्ज्याङमा पनि बिहान ८ बजे नै वडावासिसङ्ग योजना संकलन कार्य हुने जनाएका छन् ।

वडाअध्यक्ष घिमिरेले जेष्ठ २२ गते साविकको वडा न.४,७ को भकारीडाडा दिनको २ बजे,जेष्ठ २३ गते वडा न.७ सातकन्या डेरी बिहान ८ बजे ,वडा न.८ श्री कालिदेवी आधारभुत विद्यालय ,मगरगाउँमा दिनको २ बजे र जेष्ठ २४ गते वडा न.९ को उनिउचौर बिहान ८ बजे र वडा न.९ बतासे डाडा ,बाँस डाडामा दिनको २ बजे वडाका बासिन्दासङ्ग योजना सङकलन हुने भएको छ ।

कोन्ज्योसोम -२ संखु वडा कार्यालयले सार्वजनिक सुचना मुताबिक वडाको योजना संकलन कार्यमा सहभागी हुन वडावासीमा अनुरोध गरेका छन् ।

 

प्रकाशित: समय: 7:30:06  702पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार