काभ्रेकी सगरमाथा आरोही शर्मिला स्याङतानलाई सम्मान र नायिका सुमि मोक्तानको जन्म दिन मनायो

ह्याङला दोलखा - काठमाडौ तामाङ समाजद्वारा मंगलबार राजधानीमा सम्पन्न

तामाङपेज संवाददाता ।
काठमाडौ ।

ह्यङला दोलखा-काठमाडौ तामाङ समाजले मंगलबार राजधानीमा विश्वको अग्लो सर्बोच्च शिखर सगरमाथामा पाइला टेक्न सफल काभ्रेकी साहसिक सगरमाथा आरोही शर्मिला स्याङतान तामाङलाई बधाई तथा सम्मान पत्र र नायिका एबम ह्यङला दोलखा – काठमाडौ तामाङ समाजकी सदस्य सुमि मोक्तान तामाङलाई बधाई प्रदान गरेको छ ।

सम्मान तथा बधाई समारोहमा ह्यङला दोलखा-काठमाडौ तामाङ समाजका अध्यक्ष सरोजमोहन मोक्तान ,संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्मानित सगरमाथा आरोहण गर्न सफल काभ्रेकी शर्मिला स्याङतान तामाङले जेष्ठ ८ गते बिहान ८ बजेर ५५ मिनेट जादा विश्वको अग्लो सगरमाथामा तामाङ भेषसहित सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी थिईन् भने नायिका सुमि मोक्तान भने तामाङ ,आदिवासी जनजाति तथा म्युजिक भिडियोहरु,चलचित्रमा अभिनय गर्दै,मोडल,कलाकार,नायिकाको रुपमा स्थापित छिन् ।

प्रकाशित: समय: 5:44:16  830पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार