चितवनमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि सचेतना कार्यक्रम सम्पन्न

तीन दिने कार्यक्रम अपाङ्गता समन्वय समिति राप्ति -११ को आयोजनामा गरिएको ३५ जना लाभान्वित

श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल।
चितवन ।
राप्ति नगरपालिका वडा न.११ वडा कार्यालयमा अपाङ्गता समन्वय समिति -११ को आयोजनामा अपाङ्गता भएका ब्यक्तिहरुका लागि ३ दिने सचेतना कार्यक्रम मंगलबार राप्तिनगर पालिकाका नगर प्रमुख प्रभा बरालको प्रमुख आतिथ्यमा ,राप्तिनगर पालिका-११ का वडाअध्यक्ष हितबहादुर तामाङ ,राप्तिनगरपालिका नगर कार्यपालिकाका सदस्य दिलकुमारी थिङ तामाङ लगायतको आतिथ्यमा सम्पन्न भएको छ ।

राप्तिनगरपालिका-११ वडा कार्यालयको आर्थिक सहयोगमा वडाभित्रका ३५ जना अपाङ्गता भएका ब्यक्तिहरु लाभान्वित भएका छन् ।

स्थानिय अपाङ्गता समन्वय समिति राप्तिनगरपालिका सदस्य सीताराम लामाकानुसार सो कार्यक्रममा अपाङ्गता सम्बन्धि विभित्र विषयमा प्रशिक्षण दिएको जनाउनु भएको छ ।

प्रकाशित: समय: 2:28:34  532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार