गैर आवासिय नेपाली संघ जोहोर समितिद्वारा अग्नि पीडितहरुलाई आर्थिक सहयोग

सहयोगी दाताहरुको नामावली सहित

तामाङपेज संवाददाता, मलेसिया।

कर्णाली प्रदेश ६-नम्बर कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर दुई खाडा स्थित मिति २०७५ पौष आठ गते राती आगलागीबाट २४ घर जलेर नस्ट भएको थियो। साथ साथै धेरै धनजनको क्षति पनि भएको थियो। उक्त घटना प्रति दु:ख व्यक्त गर्दै पीडितहरुलाई राहत स्वरुप गैर आवासीय नेपाली संघ क्षेत्रीय शाखा जोहोर मलेसियाले आर्थिक सहयोग गरेको छ।

मलेसियाका विभिन्न क्षेत्रमा छरिएर श्रम गरीरहेका नेपालीहरु माझ सहयोग गर्न संघले आव्हान समेत गरेको थियो।उक्त आर्थिक सङ्कलन समितिको सम्योजक रहेर गैर आवासीय नेपाली संघ जोहोर शाखा मलेसियाका सचिव समेत रहेका अर्जुन सिहं अनुरागीको नेतृत्वले २०७५ पुस दश गते देखि २०७५ पुस २० गतेसम्म दश दिने राहत संकलन अभियान थालेको थियो।
गैर आवासीय नेपाली संघ जोहोर शाखा मलेसियाका सचिव अर्जुन सिहं अनुरागीको संयोजकत्वमा गठित राहत संकलन समितिले मलेसियाको विभिन्न शहरमा कार्यरत नेपाली श्रमिक र ब्यावसायी साथै विभिन्न संघ संस्थाहरुबाट पनि सहयोग जुटेको छ भने उक्त घटना प्रति दुख व्यक्त गर्दै त्यो अभियानमा मलेसियाका विभिन्न शहरबाट धेरै जना नेपालीहरुले सहभागीता जनाएको गैर आवासीय नेपाली संघ जोहोर शाखा मलेसियाका अध्यक्ष रबि लाल अधिकारीले जानकारी दिएका छन्। उक्त अभियानबाट सङ्कलित राहत कालिकोट जिल्लाको पलाँता गाउँ पालिका अध्यक्ष मार्फत अग्नि पीडितहरुलाई राजनीति दल र नागरिक समाजको उपस्थितिमा हस्तान्तरण गरिएको छ।

अभियानमा सहभागी सहयोगी दाताहरुको नामावली –

१ माधव श्रेष्ठ आर.एम-५००

२ राकेश प्रसाद महत्व आर.एम-५०१

३ रबिलाल अधिकारी आर.एम-१०१

४ युव राज ज्वती आर.एम-५०

५ हरि बहादुर बस्नेत आर.एम-१००

६ बिधान पुरुष तामाङ आर.एम-१००

७ राजेश पौरखि आर.एम-५०

८ मीन बहादुर सुनार आर.एम-५५

९ रेश्मा राई आर.एम-५१

१० रमेश कुमार थारु आर.र्म-१५१

११ अनिल चौधरी आर.एम-१००

१२ रुद्र बहादुर बस्नेत आर.एम-१५१

१३ बल राई आर.एम-१११

१४ खेम मगर आर.एम-१०१

१५ सुरज बहादुर मगर आर.एम-१००

१६ कैलास बिष्ट आर.एम-५५

१७ टुकेन्द्र लिम्बु आर.एम-५०

१८ छोबिलाल गिरि आर.एम-१०१

१९ सागर रावल आर.एम- ५१

२० राजन शाह आर.एम- ६०

२१ अर्जुन सिह अनुरागीआर.एम- १०१

२२ अर्जुन सुवेदी आर.एम-१०५

२३ राजु मल्ल आर.एम-१५१

२४ सिताराम बस्नेत आर.एम- १००

२५ वेदना श्रेष्ठ आर.एम-५१

२६ टेक बहादुर राना आर.एम- ५०

२७ पि टि पि नेपाली समाजअक्र.एम-३५१

२८ NRNA जोहोर क्षेत्रीय समिति जोहोर मलेसिया आर.एम- ५००

२९ बिमल खतेउडा आर.एम-५०

३० भागी राम बुढाथोकी आर.एम-५१

प्रकाशित: समय: 15:05:13  474पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार