सिन्धुपाल्चोक लागर्चेमा पूर्व कानुनमन्त्री एबम प्रतिनिधिका साम्सद शेरबहादुर तामाङद्वारा विद्यालयको अभिभावक दिवस तथा भवन समुदघाटन

श्री सरस्वती आधारभुत विद्यालयमा नेपाल सरकार र हेल्प नेपालको आर्थिक सहयोगमा १० कोठे भवन निर्माण सम्पन्न

श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल ।
सिन्धुपाल्चोक ।
पाँचपोखरी थाङपाल गाउँपालिका -८ लागर्चेमा श्री सरस्वती आधारभुत विद्यालयको ३० औं वार्षिक उत्सव तथा विद्यालय भवनको पूर्व कानुन मन्त्री एबम प्रतिनिधि सभाका साम्सद शेरबहादुर तामाङले आईतबार समुदघाटन गर्नु भएको छ ।

श्री सरस्वती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्पा लामाकानुसार नेपाल सरकारको रु.६४ लाखमा ४ कोठे र हेल्प नेपालको आर्थिक सहयोगमा ६ कोठे भवन ,शौचालय लगायत रु.७५ लाखको लागतमा १० कोठे भवन निर्माण सम्पन्न भै समुदघाटन समारोह भएको जनाएका छन् ।

समारोहमा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा,हेल्प नेपालका प्रतिनिधि ,नेपाली काङ्ग्रेस युवानेता आईतमान तामाङ,अभिभावक ,शिक्षक ,शिक्षिका, विद्यार्थीहरु र सरोकारवालाहरुको व्यापक सहभागी रहेको थियो ।

स्थानिय लक्ष्मी चालिसेले संचालन गर्नु भएको श्री सरस्वती आधारभुत विद्यालयमा शिशुदेखी कक्षा ५ सम्म संचालित विद्यालयमा १ सय २५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित: समय: 5:55:27  730पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार