रामेछाप सुनापति गाउँपालिकामा ऎतिहासिक प्यारा ग्लाइडिङ परिक्षण उडान सफल

सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट ,प्यारा ग्लाडिङको पहिलो यात्रु बनिन्

श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल ।
रामेछाप सुनापति गाउँपालिकाको आर्थिक सहयोगमा जेष्ठ ११ र १२ गते सुनापति पर्यटकीय संरक्षण समितिको आयोजनामा ऎतिहासिक प्यारा ग्लाइडिङ परिक्षण उडान कार्यक्रम सफलपुर्वक सम्पन्न भएको छ ।

सुनापति गाउँपालिका श्रोतकानुसार नेपालमा प्यारा ग्लाइडिङ उडानका लागि कास्किको सारङकोट मात्र पुग्नु पर्ने स्थितिमा रामेछाप सुनापति गाउँपालिकाको मा गरिएको प्याराग्लाइडिङ उडान दुई दिनमा तीन वटा उडान परिक्षण सफल भएको जनाएका छन् ।

सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्ट ,प्याराग्लाइडिङ परिक्षणको पहिलो यात्रु बन्न सफल हुनु भएको छ । सुनापति गाउँपालिका उपाध्यक्ष विष्टको प्याराग्लाइडिङको सफल यात्राले साहसिक एक व्यक्तित्वको रुपमा समेत उभ्यान सफल भएकी छिन् ।

समुन्द्री सतहबाट दुई हजार तीन सय मिटरको उचाईमा रहेको सुनापति लहरेमानेबाट उडान थालनी गरेको प्यारा ग्लाईडिङ उडानका यात्रुहरु सिन्धुलीको दुम्जास्थित खैरेनी पुल नजिक अवतरण गरिएको थियो ।

प्रकाशित: समय: 3:01:14  942पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार