दोरम्बा गाउँ पर्यटन विकास समितिका अध्यक्ष बमबहादुर मगरको आग्रह

भोलि कर्मचारी संचयकोषको भवन अगाडी ठमेलबाट सगरमाथा दिवसको अवसरमा हुने र्यालीमा सहभागी हुन

श्याम तामाङ
तामाङपेज,काठमाडौ,नेपाल ।
गरौ तयारी धुमधाम ,पाहुनालाई गराऔ घुमघाम भन्ने मुल नाराकासाथ स्थापित दोरम्बा-२ रामेछापको दोरम्बा गाउँ पर्यटन विकास समितिले संस्थागत रुपमा सगरमाथा दिवसमा सहभागी हुने भएको छ ।

समितिका अध्यक्ष बमबहादुर मगरकानुसार भोलि बिहान कर्मचारी संचय कोष भवन अगाडी ठमेलबाट हुने विशाल र्यालीमा सहभागी हुन दोरम्बाबाट उपत्यकामा बसोबास गर्नुहुने दाजुभाई तथा दिदिबहिनिहरु,विभिन्न तपतहमा रहेका महानुभाबहरुलाई सहभागी हुन दोरम्बा गाउँ पर्यटन विकास समितिले आग्रह गरेका छन् ।

सगरमाथा दिवसको अवसरमा जेष्ठ १५ गते हुने विशाल र्याली कर्मचारी संचय कोष भवन अगाडी ठमेल,दरबारमार्ग,घण्टाघर हुँदै राष्ट्रिय सभा गृहमा पुगी विशेष समारोह समेत हुने भएको छ ।

प्रकाशित: समय: 2:30:32  524पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार